सहकारी पीडितको रकम पीडकबाटै परिपूरण गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

सहकारी पीडितको रकम पीडकबाटै परिपूरण गर्न कांग्रेसको माग


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सहकारीपीडितको रकम पीडकबाटै परिपूरण गराउनुपर्नेमा जोड दिएका छन् ।

बानेश्वरस्थित संसद् भवनमा बसेको आजको बैठकमा सांसदहरूले सहकारीपीडितलाई दिनुपर्ने रकम धेरै परिमाणमा रहेको र राज्यले दिन नसक्ने अवस्था भएकाले सहकारीको रकम अपचलन गर्नेहरूबाटै भराउनुपर्ने माग गरेका हुन् ।

बैठकपछि संसदीय दलका मुख्य सचेतक श्यामकुमार घिमिरेले सोही भावनाअनुसार सहकारीसम्बन्धी अध्यादेश ल्याइएको जानकारी गराउँदै उक्त अध्यादेशले सहकारीपीडितका समस्या हल गर्ने विश्वास व्यक्त गरे ।

वर्तमान सरकार गठनका लागि भएको साझेदारीअनुसार नेपाली कांगे्रस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सात बुँदे सहमतिअनुसार सरकार अघि बढ्ने उनले बताए । बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र सरकारले गरेका कामकारबाहीका बारेमा सांसदहरूले बैठकमा कुरा राखेका थिए ।

माघ १८ गते बिहान साढे आठ बजेसम्मका लागि संसदीय दलको बैठक स्थगित गरिएको पनि मुख्य सचेतक घिमिरेले सुनाए । संसदीय दलको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल जारी छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ९ : ४२ बजे

अमेरिकी आकाशमा ठोक्कियो विमान र हेलिकोप्टर

काठमाडौं – अमेरिकाको वासिङ्टन डिसीको आकाशमा यात्रु बाहक विमान र

यातायात कार्यालयबाट २९ करोड बढी राजस्व संकलन

 बागमती– यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१-८२ को

सतिघाट–दिङ्ला सडक : दुई आर्थिक वर्षमा दुई किलोमिटर कालोपत्र

भोजपुर– वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै

ओखलढुङ्गामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं– ओखलढुङ्गामा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

अमेरिकामा हेलिकप्टर र विमान आकाशमै ठोक्किए, १८ जनाको शव भेटियो

काठमाडौं– अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर ठोक्किँदा १८