१२ बुँदे समझदारीमा भारतको कुनै संलग्नता छैन– नेता नेपाल « Khabarhub

१२ बुँदे समझदारीमा भारतको कुनै संलग्नता छैन– नेता नेपाल


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालिन राजनीतिक दल र विद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले भारतको संलग्नतामा सो १२ बूँदे समझदारी भएको भन्ने भनाइको कडा प्रतिवाद गरे ।

लक्ष्मण पन्तद्वारा लिखित ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ नामक पुस्तकको आइतवार काठमाडौंमा विमोचन गर्दै नेता नेपालले तत्कालीन सात राजनीतिक दल र बिद्रोही माओवादीसँग १२ बूँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको बताए ।

सो समझदारीका लागि तत्कालीन माओवादी विद्रोहिका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्डलाई सहभागी गराउन आफ्नो मुख्य भूमिका रहेको नेता नेपालको भनाइ छ ।

नेता नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि प्रचण्ड सो समझदारीका लागि दिल्ली आएको खुलासा गरे ।

तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको नेता नेपालले बताए ।

सो तथ्य पुस्तकमा नआएकोमा नेता नेपालले असन्तुष्टि जनाए नेता नेपालले समझदारीका लागि तत्कालीन नेकपा एमालेको महासचिवको तर्फबाट आफूले, कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौला र बिद्रोही माओवादीको तर्फबाट डा बाबुराम भट्टराईले सो १२ बूँदे समझदारीका लागि खेस्रा तयार पारेको बताए ।

शौचालयमा भित्र गएर कसैले भारतका कुनै पनि नेतासँग टेलिफोन संवाद गरेको भए आफूलाई थाहा नभएको तर सो सम्बन्धमा भारतसँग कुनै पनि परामर्श नगरिएको नेता नेपालको दाबी छ ।

केहीले तत्कालिन विद्रोही नेकपा माओवादी र सात राजनीतिक दलबीच भारतमा भएको १२ बुँदै सहमति भारतको इशारामा भएको भन्दै टिप्पणी गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ४ : ३४ बजे

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका

‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै

‘तीन हप्तामा एक लाख ४६ हजार भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता’

एजेन्सी– पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख

माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड

काठमाडौं– विप्लव नेतृत्वको नेकपा (माओवादी) का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा

दोस्रो ओभरमै लुम्बिनीले लियो दुई ओपरनसहितको ३ विकेट 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार