‘नेपाल र भारतबीच सद्भाव र आत्मीयता छ’ | Khabarhub Khabarhub

‘नेपाल र भारतबीच सद्भाव र आत्मीयता छ’


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनुषा– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाल र भारतबीच सद्भाव र आत्मीयतापूर्ण सम्बन्ध रहेको बताएकी छिन् ।

भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा सोमबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा उनले दुई देशबीच कूटनीतिक, धार्मिक, भाषिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध रहेको बताइन् ।

उनले भारतको शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको विश्वास व्यक्त गरिन् ।

मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीहरूको महत्वपूर्ण योगदान रहेको भन्दै नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीनाले नेपालमा पूर्वाधार विकास निर्माण, व्यापारलगायत विभिन्न क्षेत्रमा भारतीय सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, ऊर्जा तथा खानेपानी मन्त्री शेषनारायण यादव, पूर्व प्रदेश प्रमुख हरिशङ्कर मिश्र, पूर्वमुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभा सदस्यहरू, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र जनकपुरधामका पूर्वप्रमुख बजरङ्गप्रसाद साहलगायतको उपस्थिति थियो । 

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : १५ बजे

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१

नदीका दुई किनाराजस्तै रेशम र रञ्जिताको सम्बन्ध

काठमाडौं– स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति