काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आव्हान गरेको छ ।
बैठक बिहीबार दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
आगामी शुक्रबार सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनको तयारी, संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
प्रतिक्रिया