मनाङका एक सय बाह्र किशोरीलाई एचपीभी खोप « Khabarhub

मनाङका एक सय बाह्र किशोरीलाई एचपीभी खोप


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मनाङ – देशैभरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने तयारी तीव्र भइरहेको छ ।

हिमाली जिल्ला मनाङका कक्षा १ देखि १० सम्मका अध्ययनरत एक सय ६ किशोरीलाई एचपीभी खोप लगाइने भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ किशोरीलाई एचपीभी खोप दिइनेछ ।

उनले भने, ‘जिल्लाका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिइनेछ, खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरणसहित तयारी गरिरहेका छौँ ।’

 मनाङमा यही माघ १८ गतेदेखि स्वास्थ्यकर्मी तथा खोपकर्ताका लागि तालिम, अभिमुखीकरण गरिने श्रेष्ठले बताए ।

कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत (विद्यालय जाने) र १० देखि १४ वर्षसम्मका (विद्यालय नजाने) छात्राहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए। चार खोप केन्द्रमार्फत किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

नासों गाउँपालिका–५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका–१ स्थित गौरीशंकर माध्यमिक विद्यालय, चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्र तोकिएको कार्यालयले जनाएको छ । 

विद्यालय नजाने किशोरीलाई स्वास्थ्य कार्यालय वा तोकिएका खोप केन्द्रमार्फत खोप लगाइनेछ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १२ : ३८ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका