पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले बोलाए योगेशसहित कोशी पहाडका सांसदहरूलाई | Khabarhub Khabarhub

पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले बोलाए योगेशसहित कोशी पहाडका सांसदहरूलाई


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताप्लेजुङको पाथीभरामा आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारलाई लिएर तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् ।

मन्त्री लेखकले मंगलबार अपरान्ह ५ बजे कोशी पहाडबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग संवाद गर्न लागेका हुन् ।

शनिबार ‘नो केबलकार समूह’र सुरक्षाकर्मीबीच तनावपूर्ण झडप भएपछि सरकारले यसबारे कोशी पहाडका जनप्रतिनिधिहरूसँग संवाद गर्न लागेको हो ।

मन्त्री लेखकले ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका नेकपा एमालेका सचिव योगेश भट्टराईसहितलाई बोलाएका हुन् । उनले अरु सांसदहरू लीलादेवी बोखिम र उर्मिला थेबेलाई पनि छलफलका लागि बोलाएका छन् ।

‘छलफलका लागि गृहमन्त्रीले मंगलबार ५ बजे सिंहदरबार बोलाउनु भएको छ’, भट्टराईले भने, ‘केबलकारको विवादबारे गर्न लागिएको उक्त छलफलमा कोशी पहाडी जिल्लाका सांसदहरूलाई पनि खबर गरिएको जानकारी आएको छ ।’

गृहमन्त्री लेखकले तेह्रथुम, ताप्लेजुङ, इलाम, पाँचथर,धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभाका सांसदहरुलाई बोलाएर विस्तृत छलफल गर्न लागेका हुन् ।

शनिबार सुरक्षाकर्मीसँग ‘नो केबलकार समूह’को झडप हुँदा २४ जनाभन्दा धेरै घाइते भएका थिए । सुरक्षाकर्मीतिर २० जना र प्रदर्शनकारीतिर ४ जना घाइते भएका थिए । प्रदर्शनकारीमध्ये २ जनालाई गोली लागेको छ भने एकजनाको कुमको हड्डी भाँचिएको छ ।

प्रहरीले ‘नो केबलकार समूह’ले आन्दोलनका लागि घरेलु हतियार लुकाएको भन्दै घरमा खानतलासी गरेपछि तनाव बढेको थियो । शनिबार दिउँसो सामान्य झडप भए पनि साँझ हिंश्रक झडप हुन पुगेको थियो ।

आईएमई ग्रुपले निर्माण गर्न लागेको उक्त केबलकारका कारण आदिवासी जनजातिले मुकमुलुङ नामले पुकार्ने पाथीभारा क्षेत्र एक वर्षदेखि तनावबाट गुज्रिरहेको छ ।

यो विवादका क्रममा सोमबार मात्रै ‘नो केबलकार समूह’ले चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय र अन्य शाखा कार्यालयमा धर्ना दिएर प्रदर्शन गरेका थिए ।

यो पनि-
केबलकार चढेर कान्छीथानबाट कसरी धागो टाङ्ने ?’

पाथीभरा माताले ओली सरकारको रक्षा गरुन् !

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १ : ४७ बजे

दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र

भोजपुर– भोजपुरको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात

सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी

सिड्नी– अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ ।

खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा

काठमाडौं– नेकपा माओवादी केन्द्रले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा

पाल्पामा ५२ करोड ७६ लाखको सुन्तला बिक्री

पाल्पा– पाल्पामा यसवर्ष ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन

ट्रमा सेन्टर बनाउन ६४६ रुख काटिने

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो