वर्तमान सरकारले जनतामा आशा जागेको छ : उपमहासचिव ज्ञवाली « Khabarhub

वर्तमान सरकारले जनतामा आशा जागेको छ : उपमहासचिव ज्ञवाली


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गुल्मी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले नागरिकमा आशा र भरोसा जगाएको बताएका छन् । 

देशले छोटो समयमा धेरै उपलब्धि हासिल गरेको उल्लेख गदै उनले देशमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकारले महत्त्वपूर्ण काम गरेको बताए। 

प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले दुई ठूला पार्टी जुन उद्देश्यका साथ सरकारमा आएका छन् त्यो उद्देश्य पूरा गर्ने काममा लागिपरेको बताए। 

उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा केही विपक्षी दलका नेताले चरम निराशाको खेती गरेर देशलाई राजनैतिक अस्थिरतातर्फ लैजान खोजेको आरोप लगाए। 

उनले सरकारबाट बाहिरिएपछि केही नेताले हतास, आवेग र कुण्ठामा जनतामा यस्ता निराशाका भाष्य निर्माण गर्ने काममा उद्यत बनेको टिप्पणी गरे। उनले बिग्रिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्न, ओरालो लागेको देशको अर्थतन्त्रलाई माथि उकास्न, देशमा सुशासन कायम गर्दै मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान सरकार गठनको आवश्यकता परेको बताए । 

उपमहासचिव ज्ञवालीले पछिल्लो समयमा देशको राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीहरूले सरकारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गएको बताए। 

डेढ वर्षसम्मको अस्थिर राजनीतिक अवस्थालाई राजनीतिक स्थायित्व सिर्जना गर्ने, अर्थतन्त्रलाई गतिशील बनाउने र जनतामा देखिएको निराशाको बादललाई हटाउँदै लोकतन्त्रप्रति जनतामा भरोसा जगाउने काममा सरकार क्रियाशील बनेर लागेको नेता ज्ञवालीले बताए ।  

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ३ : ४३ बजे

ट्रम्पपछि बेइजिङमा पुटिन, विश्व राजनीति चीन–रुस धुरीतर्फ केन्द्रित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्

स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न

काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको