‘एक्टर : टेक वान’को सिक्वेलको घोषणा, अदालतले रोक्यो प्रदर्शन « Khabarhub

‘एक्टर : टेक वान’को सिक्वेलको घोषणा, अदालतले रोक्यो प्रदर्शन


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर : टेक वान’को प्रदर्शन स्थगन भएको छ । जिल्ला अदालत काठमाडौंले यस फिल्मको प्रदर्शन रोक्न आदेश दिएको हो ।

सम्राट थापाले नाम र कथावस्तु चोरिएको भन्दै चलचित्र ‘एक्टर टेक वान’ विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका थिए । न्यायाधीश ढाकाराम पौडेलले माघ २२ गतेसम्म प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन् ।

यससँगै नायक राजबल्लभ कोइराला ११ वर्षपछि कमब्याक र नायक दिलिप रायमाझीकी छोरी दिव्याको डेब्यू फिल्मको प्रदर्शन अन्योलमा धकेलिएको छ ।

बुधबारबाट प्रदर्शनमा मिति तय भएको यस फिल्मको सोमबार प्रिमियर समेत गरिएको थियो । प्रिमियरमा यसको सिक्वले बन्ने जानकारी दिइएको हो ।

अक्सर मेकरले फिल्म बक्स अफिसमा सफल भएपछि मात्रै सिक्वेलको घोषणा गर्छन् । यस फिल्मको सिक्वेल घोषणा भने प्रदर्शन अगावै भएको छ ।

फिल्मको अन्तिममा अर्थात् ‘पोस्ट क्रेडिट’मार्फत् यस फिल्मको सिक्वेलको घोषणा गरिएको हो । ‘पोस्ट क्रेडिट’का दृश्यमा प्रदीपलाई देख्न सकिन्छ । यसबाट सिक्वेलमा प्रदीपको अभिनय हुने पक्का छ । अन्य कलाकारहरु सिक्वेलमा दोहोरिने हुन् कि होइनन् त्यो बारे खुलाइएको छैन ।

‘पोस्ट क्रेडिट’मार्फत सिक्वेल घोषणा गर्ने चलिआएकै चलन हो । तर, घोषण गरे पनि फिल्म बक्स अफिसमा फ्लप बन्दा सिक्वेल नबनेको उदाहरण थुप्रै छन् ।

अर्थात्, लगानी डुेबेको फिल्मको सिक्वेल बनाउन निर्माता हौसिएको पाइन्न ।

भोलिबाट प्रदर्शनमा आउने यस फिल्मको सिक्वले बन्ने वा नबन्ने निर्धारण हुन बक्स अफिस कलेक्सनमा निर्भर हुनेमा शंका छैन । यो चलिआएकै चलन हो ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ३० बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको