कोशी प्रदेशसभा बैठकमा विधेयक स्वीकृत « Khabarhub

कोशी प्रदेशसभा बैठकमा विधेयक स्वीकृत


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत गरेको छ । उक्त विधेयक प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सदनमा पेस गरेका थिए । 

सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । 

यसअघि शून्य समयमा मुलुकको समसामयिक विषयबारे प्रदेशसभा सदस्यहरू गोम्बु शेर्पा, मानबहादुर लिम्बू, डोलमा तामाङ, शीला दीक्षित कार्की, विद्या चाम्लिङ राई, कमला थापा मगर र सविना बजगाईँले आ–आफ्नो धारणा राखेका थिए ।

यसैगरी विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का इन्द्रमणि पराजुलीले प्रदेश सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर स्पष्ट शिक्षा नीति बनाउनुपर्ने बताए। समृद्धिको आधार शिक्षा नै भएकाले दक्ष तथा योग्य जनशक्ति उत्पादन गर्न स्पष्ट शिक्षा नीतिको आवश्यकता रहेको उल्लेख गरे ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का राजन किराँतीले सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने सुझाव दिए । उनले ताप्लेजुङ घटनाबाट सरकारले पाठ सिक्नुपर्नेभन्दा दिगो विकासका लागि स्थानीय जनताको साथ सहयोग आवश्यक भएको उल्लेख गरे। 

स्थानीयले रुचि नदेखाएसम्म केबलकार निर्माण कार्य रोक्नुपर्ने उनले सुझाव दिए। यसैगरी नेपाली कांग्रेसकी शोभा चेम्जोङले पर्यटन क्षेत्रको विकास गर्न केबलकार योजनालाई अस्वीकार गर्न नमिल्ने बताए। उनले केबलकार सञ्चालन गर्दा त्यसबाट प्राप्त हुने लाभ स्थानीयको मागअनुसार खर्च गर्ने व्यवस्था गरिनुपर्नेमका जोड दिए।

कोशी प्रदेशसभाको अर्को बैठक यही माघ २१ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ३ : ४९ बजे

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको