माघ २२ सम्म रोकियो ‘एक्टर टेक वान’, अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश | Khabarhub Khabarhub

माघ २२ सम्म रोकियो ‘एक्टर टेक वान’, अदालतद्वारा अल्पकालीन अन्तरिम आदेश


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नाम र कथावस्तु चोरिएको भन्दै चलचित्र ‘एक्टर टेक वान’ विरुद्ध परेको रिटमा जिल्ला अदालत काठमाडौंले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

बुधरबादेखि रिलिज हुने तयारीमा रहेको यो चलचित्र अदालतको अल्पकालीन अन्तरिम आदेशसँगै आगामी माघ २२ गतेसम्मलाई प्रदर्शनमा आउन नपाउने भएको छ ।

सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरिएको आरोपसहित रिट हालेका थिए । आफ्नो चलचित्रको कथा चोरिएको भन्दै दिएको रिटमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश ढाकाराम पौडेलले अल्पकालीन अन्तरिम आदेश दिएका हुन् । थापाले चलचित्र विकास बोर्डलाई पनि विपक्षी बनाएर रिट हालेका थिए ।

अदालतले थापाको मागअनुसार अन्तरिम आदेश नदिई अल्पकालीन आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि झिकाएको छ । दुवै पक्षसँग माघ २२ गते छलफलपछि अन्तरिम आदेश दिने नदिने कुराको टुंगो अदालतले गर्ने भएको छ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ४ : ४६ बजे

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध

वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला

काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको