आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धी निर्णय सच्याउन माग  « Khabarhub

आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धी निर्णय सच्याउन माग 


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूको निर्वाह भत्ता सम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्रीको निर्णय चित्त नबुझेको भन्दै स्वास्थ्यकर्मी तथा सुरक्षित कार्यस्थल संघर्ष समितिले विरोध जनाएको छ। 

सोमबार शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकहरूको निर्वाह भत्तालगायतका विषयमा तीन बुँदे निर्णय गरेका थिए । 

जसअनुसार मन्त्रीद्वयले आवासीय चिकित्सकहरूले निर्वाह भत्ताका रूपमा पहिलो वर्ष २५ हजार रुपैयाँ, दोस्रो वर्ष २० हजार रुपैयाँ र तेस्रो वर्ष ३५ हजार रुपैयाँ पाउने निर्णय गरेका थिए । 

उक्त निर्णयले आवासीय चिकित्सकहरूको नेपाली डाक्टरहरूको अपमान भएको भन्दै संघर्ष समितिले २४ घण्टाभित्र उक्त निर्णय सच्चाउन भनेको छ । 

नेपाली डाक्टरहरूको अपमान हुने खालको सिफारिस २४ घण्टाभित्र सच्चाई सम्पूर्ण इन्टर्न तथा एमडी, एमएस, एमडिएस, डिएम, एमसीएच रेजिडेन्सहरुको पारिश्रमिक न्यूनतम सरकारी सरह कायम गर्न र सम्पूर्ण पिजी कार्यक्रमहरु पूर्ण तथा शुल्करहित र बोन्डरहित बनाउन अन्तिम चेतावनी दिन्छौं,’ समितिका संयोजक डा।शेषराज घिमिरेले जारी गरेको विज्ञप्तिमा छ ।

उक्त निर्णय नसच्चाएमा २४ घण्टापछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने समितिको चेतावनी छ । समितिले आत्मसम्मान र अस्तित्वको अन्तिम लडाइमा सहभागी हुन देशभरका चिकित्सकहरूलाई काठमाडौं आउन समेत आग्रह गरेको छ । गत भदौंमा आयोगले मेडिकल अधिकृत सरह आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता दिने पत्राचार गरेको थियो । 

तर, निजी मेडिकल कलेजहरूले उक्त निर्णय नमान्ने घोषणा गरेपछि आयोगको १५ औं बैठकले शिक्षा र स्वास्थ्यमन्त्रीलाई समस्या समाधान गर्ने जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ५ : २८ बजे

ट्रम्पपछि बेइजिङमा पुटिन, विश्व राजनीति चीन–रुस धुरीतर्फ केन्द्रित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्

स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग, सामाजिक न्यायमाथि प्रश्न

काठमाडौं– प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव

नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत

अमेरिका– अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको