अमेरिकी सहयोग रोक्ने निर्णयविरुद्ध अदालतः फेब्रुअरी ३ सम्म ट्रम्पको निर्णय कार्यान्वयन नहुने « Khabarhub

अमेरिकी सहयोग रोक्ने निर्णयविरुद्ध अदालतः फेब्रुअरी ३ सम्म ट्रम्पको निर्णय कार्यान्वयन नहुने


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिँदै आएको धेरै सङ्घीय स्वरूप रोक्का गर्ने निर्णयविरुद्ध त्यहाँको जिल्ला अदालतले फैसला गरेको छ। वासिङ्टन डिसीका न्यायाधीश जर्ज लोरेन अलिखानले गरेको निर्णय अनुसार ३ फेब्रुअरीसम्म ट्रम्पको निर्णय कार्यान्वयन हुने छैन।

ट्रम्पको निर्णयविरुद्ध नेसनल काउन्सिल फर नन प्रोफिट अर्गजाइजेसनका प्रमुख डाइन यान्टेलले मुद्दा दायर गरेका थिए। उक्त मुद्दाको सुरुवाइ गर्दै न्यायाधीश जर्जले यस्तो निर्णय गरेका हुन्।

ह्वाइट हाउसले सङ्घीय सरकारबाट सहयोग तथा ऋण रोक्का गर्ने निर्णयपछि यसमाथि ठुलो बहस भएको थियो। ट्रम्पको यो निर्णयले बालबालिकाको विकास र स्वास्थ्य क्षेत्रमा ठुलो प्रभाव पारेको थियो।

बाल शिक्षा र सामुदायिक स्वास्थ्यका कार्यक्रम समेत रोक्ने गरी ल्याइएको ट्रम्पको सो निर्णयले धेरैलाई आश्चर्यमा परेको छ।

ट्रम्पको निर्णय कार्यान्वयन भएमा सामाजिक सुरक्षा, पेन्सन तथा विद्यार्थी लोन लगायत अन्य धेरै विषय प्रभावित देखिन्छ।

ट्रम्पको निर्णयपछि बाल बच्चाको विकास, स्वास्थ्य, घरबार बिहीन एलजिबिटीक्यु लगायत क्षेत्रमा काम गर्दै आएका धेरै एनजिओ तथा अपएनजिओ समेत प्रभावित हुने छन्। अदालतको यो निर्णयले भने यी सबै क्षेत्रलाई राहत दिने अनुमान गरिएको छ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : १४ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि