माधव नेपालबाट शहीदहरुप्रति श्रद्धाञ्जली « Khabarhub

माधव नेपालबाट शहीदहरुप्रति श्रद्धाञ्जली


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जीवन उत्सर्ग गरेका अमर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शहीद दिवसका सन्दर्भमा आज एक विज्ञप्ति निकालेर उनले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो प्राण आहुति गरेका सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदहरूप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन् ।

विज्ञप्तिमा अध्यक्ष नेपालले सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकाङ्क्षालाई साकार बनाउन सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय लाग्नुपर्नेमा जोड दिँदै देशमा स्वाधीन एवं स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न सकेमा सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १० : ११ बजे

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

एजेन्सी– अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी

 विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक

दलित समुदाय : सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर– मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस धनुषा जिल्लामा