अध्यादेशविरुद्ध एकीकृत समाजवादी सडकमा उत्रिन पनि तयार « Khabarhub

अध्यादेशविरुद्ध एकीकृत समाजवादी सडकमा उत्रिन पनि तयार


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले निश्चित वर्ग समूहलाई फाइदा हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको समाजवादीको सचिवालय बैठकले कालाबजारी र निश्चित वर्ग र समूहलाई फाइदा हुने गरी सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

अध्यादेशले २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको जनाउँदै समाजवादीले सिमेन्टको भाउ बढेको निष्कर्ष निकालेको छ।

उनले भूमिसम्बन्धी अध्यादेशले गिरिबन्धु जस्ता जग्गालाई वैध बनाउने काम भएकाले त्यसको विरोध गरिने उल्लेख गरे ।अध्यादेशविरुद्ध संघर्षमा जान पनि तयार हुनुपर्नेबारे बैठकमा छलफल भएको उनले पत्रकारहरूलाई जानकारी दिए ।

त्यस्तै बैठकमा आगामी स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे पनि छलफल भएको भट्टराईले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो राष्ट्रिय राजनीति र पार्टीको गतिविधिबारेमा ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ५ : ५४ बजे

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा

यसरी मनाइँदै छ उपत्यका र पहाडमा होली (तस्बिरहरू)

काठमाडौं– फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व

भादगाउँ– वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व आज