दोहोरो सुविधा नदिने सरकारी निर्णय फिर्ता लिन सैनिक परिवारको माग « Khabarhub

दोहोरो सुविधा नदिने सरकारी निर्णय फिर्ता लिन सैनिक परिवारको माग


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सैनिक एकल महिला तथा घाईते परिवार संघले दोहोरो सेवा, सुविधा नदिने मन्त्रिपरिषद बैठकको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

संघकी संस्थापक अध्यक्ष लिली थापाले पीडामा परेका सैनिक एकल महिला र घाईते परिवारको हित विपरित मन्त्रिपरिषदबाट निर्णय भएको उल्लेख गर्दै त्यसलाई फिर्ता गर्न सरकारसँग माग गरेकी हुन् ।

आईतबारबाट काठमाडौंमा सुरु भएको संघको राष्ट्रिय कार्याशाला गोष्ठीमा बोल्दै उनले वीरगती प्राप्त गरेका सैनिकहरुको वीरगाथालाई समेटेर म्युजियम स्थापना गर्न नेपाली सेनाको पनि गम्भीर ध्यानाकर्षण गराइन् । नेपाली सेनाले द्वन्द्वकालमा भोगेका संघर्षहरुको गाथा पनि म्युजियममा राख्न सके नेपाल सरकार र नेपाली सेनाको समेत गौरवको विषय हुने संघको भनाई छ ।

संस्थापक अध्यक्ष थापाले नेपाली सेनाको ईज्जत, प्रतिष्ठामाथि आँच आउने गतिविधि संघबाट नहुने पनि पटकपटक दोहोर्‍याइन् ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले प्रक्रिया पुर्‍याएर राखेका कुनै पनि माग पूरा गर्न सरकार तत्पर रहेको बताएका छन् । उनले सैनिक एकल महिला तथा घाईते परिवारलाई सेवा, सुविधा थप गर्ने काममा नेपाल सरकार लागि परेको पनि स्मरण गराए ।

उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनामा आबद्ध रहेका पीडितहरुको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । आवश्यक परे मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर कार्यान्वयनमा लैजाने दृढता पनि व्यक्त गरे ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ८ : ५६ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको