दोहोरो सुविधा नदिने सरकारी निर्णय फिर्ता लिन सैनिक परिवारको माग | Khabarhub Khabarhub

दोहोरो सुविधा नदिने सरकारी निर्णय फिर्ता लिन सैनिक परिवारको माग


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सैनिक एकल महिला तथा घाईते परिवार संघले दोहोरो सेवा, सुविधा नदिने मन्त्रिपरिषद बैठकको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

संघकी संस्थापक अध्यक्ष लिली थापाले पीडामा परेका सैनिक एकल महिला र घाईते परिवारको हित विपरित मन्त्रिपरिषदबाट निर्णय भएको उल्लेख गर्दै त्यसलाई फिर्ता गर्न सरकारसँग माग गरेकी हुन् ।

आईतबारबाट काठमाडौंमा सुरु भएको संघको राष्ट्रिय कार्याशाला गोष्ठीमा बोल्दै उनले वीरगती प्राप्त गरेका सैनिकहरुको वीरगाथालाई समेटेर म्युजियम स्थापना गर्न नेपाली सेनाको पनि गम्भीर ध्यानाकर्षण गराइन् । नेपाली सेनाले द्वन्द्वकालमा भोगेका संघर्षहरुको गाथा पनि म्युजियममा राख्न सके नेपाल सरकार र नेपाली सेनाको समेत गौरवको विषय हुने संघको भनाई छ ।

संस्थापक अध्यक्ष थापाले नेपाली सेनाको ईज्जत, प्रतिष्ठामाथि आँच आउने गतिविधि संघबाट नहुने पनि पटकपटक दोहोर्‍याइन् ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले प्रक्रिया पुर्‍याएर राखेका कुनै पनि माग पूरा गर्न सरकार तत्पर रहेको बताएका छन् । उनले सैनिक एकल महिला तथा घाईते परिवारलाई सेवा, सुविधा थप गर्ने काममा नेपाल सरकार लागि परेको पनि स्मरण गराए ।

उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनामा आबद्ध रहेका पीडितहरुको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । आवश्यक परे मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर कार्यान्वयनमा लैजाने दृढता पनि व्यक्त गरे ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ८ : ५६ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।