नेपालगञ्ज–लखनउ बस सेवा सञ्चालन « Khabarhub

नेपालगञ्ज–लखनउ बस सेवा सञ्चालन


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बाँके– पहिलो पटक नेपालगञ्जबाट भारत उत्तरप्रदेशको राजधानी लखनउसम्म सिधा बस सेवा सञ्चालनमा आएको छ ।

भेरी यातायात प्रालि र उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौतापछि उक्त बस सेवा आइतबारबाट सञ्चालनमा आएको हो ।

हाललाई दैनिक दुई वातानुकूलित सुविधासहितका बस सञ्चालन गरिएको भेरी यातायातका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जदेखि लखनउसम्मको भाडादर रु ५०० तोकिएको छ ।

सिधा बस सेवाले बिरामीलगायत अन्यलाई सहज हुनुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

आइतबार आयोजित एक कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले बस सेवा सञ्चालनको शुभारम्भ गरेका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : ३९ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा