न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन देशबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने भएका छन्।
मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत, क्यानडाबाट आउने सामानमा २५ प्रतिशत तथा चीनबाट आउने सामानमा १० प्रतिशत कर लाग्ने भएको छ। राष्ट्रपति ट्रम्पले युरोपेली युनियनका सामानमा पनि सो कर लगाउने बताएका छन्।
उनले सो ब्लकले आफूलाई राम्रो व्यवहार नगरेको बताए। हजारौँ अवैध आप्रवासी अमेरिकामा प्रवेश गर्ने क्रममा क्यानडा र मेक्सिको प्रवेशद्वारको रूपमा प्रयोग भएकोमा ट्रम्पले आपत्ति जनाउँदै आएका छन्। उनले यी विषयमा पहिलेदेखि नै प्रतिबद्धता जनाउँदै आएको बताए। यी तीन देशबाट अमेरिकामा गत वर्ष ४० प्रतिशत सामान आएको थियो।
यो निर्णयपछि अमेरिकामा समेत मूल्य वृद्धि हुने आशङ्का थपिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रेडेउले आफूहरूले यस्तो नचाहेको भए पनि अमेरिकाको निर्णय अनुसार आफूहरूले पनि निर्णय गर्ने बताएका छन्।
यसले हुनसक्ने मूल्यवृद्धि तथा आउनसक्ने समस्या क्षणिक भएको राष्ट्रपति ट्रम्पको दाबी छ।
प्रतिक्रिया