दाङमा पहिलो चरणको छायाङ्कन सकेर ‘कर्मा’ टोली काठमाडौंमा « Khabarhub

दाङमा पहिलो चरणको छायाङ्कन सकेर ‘कर्मा’ टोली काठमाडौंमा


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक मुकुन भुसालले पहिलो पटक खलपात्रको भूमिका निर्वाह गर्ने भनिएको फिल्म ‘कर्मा’को पहिलो चरणको छायाङ्कन सकिएर पूरा भएको छ ।

दाङका विभिन्न स्थानमा ४६ दिन छायाङ्कन गरेर निर्माण टोली काठमाडौं फिर्ता भएको छ । मंसिर अन्तिमबाट निर्देशक सौरभ चौधरी कलाकारको टोली लिएर छायाङ्कनमा निस्किएका थिए ।

निर्देशक चौधरीका अनुसार काठमाडौंमा १० दिनको छायाङ्कन तालिका पूरा भएपछि खिचाइको काम पूरा हुनेछ । उनी भन्छन्, ‘अब दुई साता भित्र नै छायाङ्कन सक्ने योजना छ ।’

फिल्म पूर्वघोषित मिति अर्थात आगामी नयाँ वर्षमै प्रदर्शनमा आउनेमा उनी ढुक्क छन् । बजारमा चलेको पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शनमा आउँदैन भन्ने हल्लाकोपछि नलाग्न उनको आग्रह छ ।

‘कर्मा’का नायक विपिन कार्की हुन् । उनलाई यो पटक पहिलाको भन्दा भयङ्कर एक्सन अवतारमा उतार्ने निर्देशकको दाबी छ । नायिका उपासनाले यस फिल्मबाट पहिलो पटक विपिनसँग सहकार्य गर्दैछिन् ।

फिल्मको कथावस्तुको विषयमा निर्माणपक्षले अहिले केही पनि बताएको छैन । मुख्य कलाकार बाहेक अन्य कलाकारहरू गोप्य राखिएको छ ।

एक्सन ड्रामा जनरामा निर्माण भइरहेको ‘कर्मा’को कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने यस फिल्मलाई वसन्त लम्सालले निर्माण गरिरहेका छन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १२ : ५३ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ