दाङमा पहिलो चरणको छायाङ्कन सकेर ‘कर्मा’ टोली काठमाडौंमा « Khabarhub

दाङमा पहिलो चरणको छायाङ्कन सकेर ‘कर्मा’ टोली काठमाडौंमा


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक मुकुन भुसालले पहिलो पटक खलपात्रको भूमिका निर्वाह गर्ने भनिएको फिल्म ‘कर्मा’को पहिलो चरणको छायाङ्कन सकिएर पूरा भएको छ ।

दाङका विभिन्न स्थानमा ४६ दिन छायाङ्कन गरेर निर्माण टोली काठमाडौं फिर्ता भएको छ । मंसिर अन्तिमबाट निर्देशक सौरभ चौधरी कलाकारको टोली लिएर छायाङ्कनमा निस्किएका थिए ।

निर्देशक चौधरीका अनुसार काठमाडौंमा १० दिनको छायाङ्कन तालिका पूरा भएपछि खिचाइको काम पूरा हुनेछ । उनी भन्छन्, ‘अब दुई साता भित्र नै छायाङ्कन सक्ने योजना छ ।’

फिल्म पूर्वघोषित मिति अर्थात आगामी नयाँ वर्षमै प्रदर्शनमा आउनेमा उनी ढुक्क छन् । बजारमा चलेको पूर्वनिर्धारित मितिमा फिल्म प्रदर्शनमा आउँदैन भन्ने हल्लाकोपछि नलाग्न उनको आग्रह छ ।

‘कर्मा’का नायक विपिन कार्की हुन् । उनलाई यो पटक पहिलाको भन्दा भयङ्कर एक्सन अवतारमा उतार्ने निर्देशकको दाबी छ । नायिका उपासनाले यस फिल्मबाट पहिलो पटक विपिनसँग सहकार्य गर्दैछिन् ।

फिल्मको कथावस्तुको विषयमा निर्माणपक्षले अहिले केही पनि बताएको छैन । मुख्य कलाकार बाहेक अन्य कलाकारहरू गोप्य राखिएको छ ।

एक्सन ड्रामा जनरामा निर्माण भइरहेको ‘कर्मा’को कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने यस फिल्मलाई वसन्त लम्सालले निर्माण गरिरहेका छन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १२ : ५३ बजे

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित