प्रदीप र राजबल्लभ छिरेपछि हलमा दर्शकको नारा– ‘एक्टर : टेक वान’को सिक्वेल चाहियो | Khabarhub Khabarhub

प्रदीप र राजबल्लभ छिरेपछि हलमा दर्शकको नारा– ‘एक्टर : टेक वान’को सिक्वेल चाहियो


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘एक्टर : टेक वान’ तेस्रो दिनमा प्रदर्शनरत छ । नायक राजबल्लभ कोइरालको कमब्याक र नायिका दिव्या रायमाझीको डेब्यू फिल्मका रुपमा यसको चर्चा छ ।

फिल्ममा नायक प्रदीप खड्का र नायिका आना शर्मा जस्ता स्टार कलाकारको अभिनय छ । फिल्ममा निर्देशक निश्चल बस्नेतको केमियो छ ।

यस फिल्मको अनुपेन्सी मध्यम छ । तथापि दर्शकबाट सकारात्मक प्रतिक्रिया आउने क्रम जारी छ ।

फिल्मका केन्द्रीय कलाकारहरू शनिबार प्रदीप, राजबल्लभ र दिव्या हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । उनीहरू दर्शकलाई ‘सप्राइज’ दिन ललितपुरको कुपन्डोलस्थित एक हलमा पुगेका थिए ।

फिल्म सकिएसँगै कलाकारहरू हलमा प्रवेश गरे । कलाकारलाई देख्नेबित्तिकै दर्शकले नारा लगाए, ‘वी वान्ट टेक टू !’ अर्थात् दर्शकहरूले नारा लगाएर फिल्मको सिक्वेल माग गरे ।

दर्शकले उनीहरूसमक्ष फिल्मको क्लाइमेक्स मन परेको प्रतिक्रिया दिए । यद्यपि ‘पोस्ट क्रेडिट’ अर्थात् फिल्मको अन्तिम दृश्यमा सिक्वेल बन्ने घोषणा गरिएको छ । तर, सिक्वलेको काम कहिलेबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छैन ।

यो पनि... चलचित्र विकास बोर्डको कमजोरीले अदालत छिरेको एक्टर…

‘एक्टर : टेक वान’मा दिव्य देव, उषा रजक र सुशील सिटौला लगायतको पनि मुख्य भूमिका छ ।

फिल्मका निर्देशक राजन भुसाल हुन् । भुसालले अकाश बरालसँग मिलेर फिल्मको कथा लेखेका हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ३ : ३४ बजे

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ– दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । २०७७ सालदेखि