जसपा नेपालको कार्यकारिणी समिति बैठक : नेताहरूले रिपोर्टिङ गर्दै, मुख्य तीन एजेन्डामा छलफल « Khabarhub

जसपा नेपालको कार्यकारिणी समिति बैठक : नेताहरूले रिपोर्टिङ गर्दै, मुख्य तीन एजेन्डामा छलफल


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार दोस्रो पनि जारी छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबारदेखि सुरु भएको बैठकमा बिषयगत छलफल भइरहेको छ ।

बैठकमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पेस गरेको एजेन्डामा केन्द्रित छलफल भइरहेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ ।

कार्यकारिणी समितिको बैठकमा खासगरी पार्टी सुदृढीकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडासम्मै जारी संगठन विस्तार अभियानको समीक्षा हुँदैछ ।

‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ नाममा चार महिनादेखि जारी अभियानको समीक्षा मुख्य एजेन्डा रहेको सचिवालयले जनाएको छ । दुई दिने बैठकको पहिलो दिन कार्यकारिणी समितिका २३ सदस्यले अभियानसम्बन्धी रिपोर्ट प्रस्तुत गरेका थिए ।

बाँकी सदस्यले बैठकको दोस्रो दिन आ–आफ्नो जिम्मेवारी र तोकिएको कार्यक्षेत्रको प्रगति विवरण प्रस्तुत गर्दैछन् । यसअघि उक्त अभियानको समयावधि दुई महिना थपी माघ मसान्तसम्मलाई थप गरिएको थियो ।

मधेस केन्द्रित ८ दलको बन्दै गरेको मोर्चा, सरकारले ल्याएको अध्यादेश र ताप्लेजुङमा चलिरहेको ‘नो केबलकार आन्दोलन’ लगायत बैठकका मुख्य एजेन्डा हुन् ।

वर्तमान अवस्थामा पार्टी संठन निर्माणलाई तीव्रता दिने उपायबारे बैठकमा कार्यकारिणी सदस्यहरूले धारणा राखिरहेका छन् । दुई दिनदेखि जारी बैठक आइतबार नै सम्पन्न हुँदैछ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै