‘कांग्रेस-एमाले अध्यादेशका भरमा सत्ता कब्जा गर्न खोज्दै छन्’ | Khabarhub Khabarhub

‘कांग्रेस-एमाले अध्यादेशका भरमा सत्ता कब्जा गर्न खोज्दै छन्’


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस-एमाले गठबन्धन षड्यन्त्रपूर्वक सत्ता कब्जाका लागि बनेको बताएका छन् ।

पार्टीको सङ्घीय सम्पर्क कमिटी प्रथम सम्मेलनलाई आइतबार कोटेश्वरस्थित एक रेष्टुरेन्टमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले यसो भनेका हुन् ।

‘हामीले लामो समय भ्रष्टाचारविरुद्ध अभियान चलाएका छौँ । त्यसो भएकाले नेपालमा भ्रष्टाचार मूल समस्या छ’, उनले भने, ‘यी सबै कुरामा हाम्रो पार्टीले भूमिका खेलेको छ। हामीले एउटा सन्देश दिएका छौँ । समाजवादी मोर्चा बन्दा पनि हाम्रो उपस्थितिले ठूलो अर्थ राखेको छ।’

उनले समाजवादी मोर्चा सक्रिय भएर नयाँ उत्साह ल्याएको बताउँदै अहिले नेपाली कांग्रेस र नेकपा एमालेको सरकारलाई अप्राकृतिकको संज्ञा दिए ।

‘अहिलेको सरकार र कांग्रेस र एमालेको गठबन्धन अप्राकृतिक छ । षड्यतन्त्र गरेर सत्ता कब्जा गर्न गठबन्धन भएको हो । यो कुनै विचार मिल्ने गठबन्धन होइन’, उनले भने, ‘यो सरकारको कुनै कोणबाट उपादेयता छैन । यसले कानुन र संविधानमा प्रहार गरेको छ ।’

उनले यो सरकार बनेयता जनतामा उत्साहभन्दा निराशा मात्रै बढेको पनि आरोप लगाए । ‘यो सरकार आएपछि जनतामा निराशा पैदा गरेको छ, आशा जगाउन सकेको छैन’, उनले भने, ‘अहिले यो सरकारले ल्याएको अध्यादेश त्यसकै एउटा नमूना हो । अध्यादेशमार्फत् देशमा सत्ता कब्जा गर्न खोजिएको छ ।’

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : ४१ बजे

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

दमक जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते, एक गम्भीर

किमाथांका– यहाँको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट दमक जाँदै गरेको बस दुर्घटना

अपाङ्गता भएका महिलाको क्षेत्रमा कानून सुधार गर्न कानून व्यवसायीकै माग

काठमाडौं – अपाङ्गता भएका महिला र किशोरीका सन्दर्भमा नेपालको संविधान

इरानको सुरक्षा व्यवस्थामा सुधार, ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

तेहरान– इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद्’