चराविद् पौड्यालको स्मृतिमा चित्रकला प्रदर्शनी « Khabarhub

चराविद् पौड्यालको स्मृतिमा चित्रकला प्रदर्शनी


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार, चराविद् तथा साहित्यकार हेम पौड्यालको प्रथम स्मृति दिवसका अवसरमा आज काठमाडौँमा उनको कविता सङ्ग्रह लोकार्पणसँगै उनले बनाएका चित्र प्रदर्शनी गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा पौड्यालको सम्झनामा चित्रकला प्रदर्शनी गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकला क्षेत्रमा चरालाई विषयवस्तु बनाई चित्र कोर्ने सिद्धहस्त कलाकार पौड्याल स्मरणीय व्यक्तित्व रहेको बताए। उनले पौड्यालका कलामा श्रम, सीप जोडेर प्रकृति र सिर्जनामा शिल्पगत विशेषता रहेको धारणा राखे ।

कुलपति हार्तम्छालीले भने, “कलाकार पौड्याल नवपुस्ताको ऊर्जा स्रोत हुनुहुन्छ ।”नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले कलाकार पौड्याल कला सर्जक मात्र नभई प्रकृतिप्रतिको सचेतना भएको भविष्य द्रष्टा पनि भएको बताए ।

कला र साहित्यमा पौड्यालको अतुलनीय योगदान रहेको उनको भनाइ थियो । समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तावाले कलाकार पौड्यालको परिचय कला, साहित्य र सामाजिक क्षेत्रमा गरी त्रिआयामिक रूपमा रहेको बताए ।

पौड्यालकी जीवनसाथी तथा सर्जक गङ्गा कर्माचार्य पौड्यालले पौड्यालको सामाजिक सेवा तथा लगावका बारेमा जानकारी दिए । कार्यक्रममा अन्तरविद्यालय चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः करिना बस्नेत, चिराग राई र शीतल महर्जनलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा २२ कलाकार सहभागी थिए । कविता प्रतियोगीतामा अनाम ‘उपेक्षित’ प्रथम, अनिता ढकाल द्वितीय र सुन्दर ‘शिरीष’ तृतीय भएका थिए । यसमा २३ कवि सहभागी थिए । पौड्यालले सिर्जना गर्नुभएका चराका चित्रसँगै अन्य २२ कलाकारले बनाएका चित्र यहाँ प्रदर्शनीमा राखिएका छन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ८ : १० बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार