शुभांशु शुक्ला अन्तरिक्षमा जाने दोस्रो भारतीय हुँदै « Khabarhub

शुभांशु शुक्ला अन्तरिक्षमा जाने दोस्रो भारतीय हुँदै


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय वायुसेनाका अधिकृत शुभांशु शुक्ला नासाको एक्सियोम ४ मिसनका लागि पाइलटका रूपमा छनोट भएका छन् । 

उनी चाँडै नै स्पेस एक्स ड्र्यागन अन्तरिक्ष यानसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जाँदैछन् । र, यसका साथै शुभांशु अन्तरिक्षमा प्रवेश गर्ने दोस्रो भारतीय हुनेछन् ।

उनीभन्दा अगाडि विङ कमाण्डर राकेश शर्मा सन् १९८४ अप्रिलमा अन्तरिक्ष पुगेका थिए । शुभांशु शुक्ला भारतीय वायुसेना अधिकारी हुन् । उनको मिसन १४ दिनसम्म रहनेछ । यस मिशनको उद्देश्य अनुसन्धान गर्नु हो । पेग्गी ह्वाइटसन यस मिसनको कमान्ड हुनेछन्। 

शुभांशु शुक्ला एक्सियम मिसन ४ को पाइलट हुनेछन् । शुभांशु शुक्ला इसरोको मिसन गगनयानका लागि तालिम लिइरहेका छन् ।

एक्जिमले भने, ‘नेशनल एरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट एक्स–४ मा सन् २०२५ भन्दा पहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा जानेछन् ।’

शुभांशु शुक्लाले पनि भने, ‘म यो मिसनबाट निकै उत्साहित छु । आशा छ, मैले पाएको तालिमले यो मिसनलाई राम्ररी पूरा गर्न सक्छु।’

भारतीय वायुसेनामा सेवारत समूह क्याप्टेन शुभांशु शुक्लालाई पनि इशोरोले भारतको गगनयान मिशनको लागि अन्तरिक्ष यात्रीको रूपमा चयन गरिसकेको छ ।

इशोरोले ले नै उनलाई एक्स–४ मिशनको लागि नासा पठाएको हो। समूह क्याप्टेन शुभांशु शुक्लाले एनडीटीभीलाई बताए कि उनी माइक्रोग्रेभिटीमा गएर अन्तरिक्ष उडानको अनुभव गर्न निकै उत्साहित छन् । मिसनको गति हरेक महिना बढ्दै छ । उनीहरूलाई लाग्छ कि यो फेज हो, जहाँ सबै कुरा मिलिरहेको छ। -न्युजकारखानाबाट

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १ : ४२ बजे

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण

चिसो बढेपछि बाँकेमा दाउरा वितरण

नेपालगन्ज– चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले

पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरको १७