उपसभापति खड्काको दाबी- अन्तर्घात रोक्न सके कांग्रेस एक्लैले बहुमत ल्याउँछ « Khabarhub

उपसभापति खड्काको दाबी- अन्तर्घात रोक्न सके कांग्रेस एक्लैले बहुमत ल्याउँछ


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले पार्टीका नेताहरूलाई सार्वजनिक मञ्चमा एक्ता प्रदर्शन गर्न आग्रह गरेका छन् ।

प्रतिष्ठानले सोमबार कास्कीको पोखरामा आयोजना गरेको कांग्रेसका प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुख (उपसभापति)का लागि आयोजना गरेको अभिमुखीकरणमा उनले एकताको सन्देश दिनुपर्नेमा जोड दिएका हुन् ।

‘मञ्चमा एकता देखाऊँ, कोठाभित्र गएर बहस र छलफल गरौँला । कहीँ समस्या छन् भने छलफल गरौँ, समाधान गरौँ,’ उपसभापति खड्काले भने, ‘मैसँग गुनासो छ, अर्कोसँग गुनासो छ भने मेटौँ । गुनासो मेटेर, एकतावद्ध भएर अगाडि बढौँ ।’

उनले ०८४ अघिका तीन वर्ष पार्टीले चलाएका अभियान सफल भइसकेपछि कांग्रेसलाई स्थानीय तह, प्रदेश र संघमा बहुमत ल्याउन कसैले पनि रोक्न नसक्ने पनि बताए ।

‘मुलुकमा कांगेसको ०८१ को अभियान चलाऔँ, ०८२ को अभियान चलाऔँ, ०८३ को अभियान चलाऔँ । तीन वर्षे अभियान सफल भइसकेपछि कांग्रेसलाई ०८४ मा स्थानीय, प्रदेश र संघमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन । रोक्यो भने कांग्रेसमा वर्षौँदेखिको अपराध अन्तर्घातले रोक्छ ।’

उपसभापति खड्काले कांग्रेसमा देखिएको अन्तर्घातको महारोग अन्त्य गर्नसके एक्लै चुनाव लडेर पनि बहुमत ल्याउन सकिने बताए ।

‘अन्तर्घात कांग्रेसको महारोग भयो, यो रोगलाई कसरी निराकण गर्ने हो ?,’ उनले भने, ‘जुन रोग अन्त्य गरे कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्छ ।’

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  २ : ५४ बजे

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते

बागमतीका मुख्यमन्त्री भन्छन्- राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायो

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक