उपसभापति खड्काको दाबी- अन्तर्घात रोक्न सके कांग्रेस एक्लैले बहुमत ल्याउँछ « Khabarhub

उपसभापति खड्काको दाबी- अन्तर्घात रोक्न सके कांग्रेस एक्लैले बहुमत ल्याउँछ


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले पार्टीका नेताहरूलाई सार्वजनिक मञ्चमा एक्ता प्रदर्शन गर्न आग्रह गरेका छन् ।

प्रतिष्ठानले सोमबार कास्कीको पोखरामा आयोजना गरेको कांग्रेसका प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुख (उपसभापति)का लागि आयोजना गरेको अभिमुखीकरणमा उनले एकताको सन्देश दिनुपर्नेमा जोड दिएका हुन् ।

‘मञ्चमा एकता देखाऊँ, कोठाभित्र गएर बहस र छलफल गरौँला । कहीँ समस्या छन् भने छलफल गरौँ, समाधान गरौँ,’ उपसभापति खड्काले भने, ‘मैसँग गुनासो छ, अर्कोसँग गुनासो छ भने मेटौँ । गुनासो मेटेर, एकतावद्ध भएर अगाडि बढौँ ।’

उनले ०८४ अघिका तीन वर्ष पार्टीले चलाएका अभियान सफल भइसकेपछि कांग्रेसलाई स्थानीय तह, प्रदेश र संघमा बहुमत ल्याउन कसैले पनि रोक्न नसक्ने पनि बताए ।

‘मुलुकमा कांगेसको ०८१ को अभियान चलाऔँ, ०८२ को अभियान चलाऔँ, ०८३ को अभियान चलाऔँ । तीन वर्षे अभियान सफल भइसकेपछि कांग्रेसलाई ०८४ मा स्थानीय, प्रदेश र संघमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन । रोक्यो भने कांग्रेसमा वर्षौँदेखिको अपराध अन्तर्घातले रोक्छ ।’

उपसभापति खड्काले कांग्रेसमा देखिएको अन्तर्घातको महारोग अन्त्य गर्नसके एक्लै चुनाव लडेर पनि बहुमत ल्याउन सकिने बताए ।

‘अन्तर्घात कांग्रेसको महारोग भयो, यो रोगलाई कसरी निराकण गर्ने हो ?,’ उनले भने, ‘जुन रोग अन्त्य गरे कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्छ ।’

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  २ : ५४ बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण