जनकपुर साहित्य उत्सवको छैटौँ संस्करण माघ २४ देखि २६ गतेसम्म हुने  | Khabarhub Khabarhub

जनकपुर साहित्य उत्सवको छैटौँ संस्करण माघ २४ देखि २६ गतेसम्म हुने 


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ २४ देखि २६ गतेसम्म तीन दिवसीय जनकपुर साहित्य उत्सवको छैटौँ संस्करण आयोजना गरिने भएको छ । 

उत्सवको छैटौँ संस्करण जनकपुरधामको राम मन्दिर पार्कमा हुने छ । नवमिथिला फाउन्डेसनद्वारा आयोजित यस उत्सवमा सामाजिक, सांस्कृतिक, साहित्यिक र राजनीतिक विषयहरूमा छलफल गरिनेछ । 

उत्सवको उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको छ । फाउन्डेसनका अध्यक्ष अमित साहका अनुसार महोत्सवमा १७ वटा विभिन्न सत्रहरू समेटिएका छन् ।

दोस्रो दिनको औपचारिक सत्र जनकपुरधामका चुनौती र अवसरबारे छलफलबाट सुरु हुनेछ । यस दिन डिजिटल युगमा पठन संस्कृति, क्रिकेटका समस्या, समाधान र सम्भावना, मधेस महिमा उत्सवको व्यवसायीकरण, पढाइ र सिकाइका विषयमा छलफल हुनेछ। साथै, अन्तरविद्यालय कविता प्रतियोगिता, सांगीतिक कार्यक्रम तथा गजल वाचनले दिनको समापन हुनेछ ।

तेस्रो तथा अन्तिम दिनको सुरुआत अन्तरविद्यालय कथा वाचन प्रतियोगिताबाट हुनेछ । त्यसपछि केन्द्रको दृष्टिमा मधेस, आन्दोलन र साहित्य, नेपाली उद्यमीको यात्रा, आनन्दको खोजी, समाज(साहित्य)सिनेमा, मधेसको मत, कुलमान घिसिङको एकल प्रवचन, संविधान, संघीयता र कानूनी राज्यको अभ्यासजस्ता सत्रहरू सञ्चालन गरिनेछन् ।

अन्त्यमा, अन्तरविद्यालय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता र सांगीतिक महोत्सवसँगै जनकपुर साहित्य उत्सवको छैटौँ संस्करण समापन हुनेछ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ५ : १० बजे

राष्ट्रपति पौडेल तनहुँमा

तनहुँ– राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आइपुगेका छन् ।

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ

विश्व पौडेलको छलाङ : देउवा परिवारसँग ‘कनेक्सन’को कमाल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको

पूर्वराष्ट्रपति भण्डारीबाट बुद्धजयन्ती र उँभौली पर्वको शुभकामना 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करुणा, अहिंसा र शान्तिले मात्रै