२०५ अवैध आप्रवासी बोकेको अमेरिकी जहाज भारततिर, अमृतसरमा अवतरण गर्ने « Khabarhub

२०५ अवैध आप्रवासी बोकेको अमेरिकी जहाज भारततिर, अमृतसरमा अवतरण गर्ने


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अमेरिकाले पक्राउ परेका २०५ जना अवैध आप्रवासीलाई भारत फिर्ता पठाएको छ । अमेरिकी सेनाको सी-७ जहाज ती आप्रवासीलाई लिएर उडिसकेको छ ।

अमेरिकाको सेन एन्टोनियोबाट उडिसकेको उक्त जहाज जर्मनीमा तेल भरेपछि भारतको अमृतसरमा अवतरण गर्नेछ ।

सबै २०५ भारतीयहरू अमेरिकाको सैन्य विमान सी–१७ विमानमार्फत् फर्किँदैछन्। यी सबैजनालाई पहिचान गरेपछि मात्रै देश निकाला गरिएको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । समाचारअनुसार, आप्रवासी बोकेको विमान पञ्जाबको अमृतसरमा अवतरण हुँदैछ ।

अमेरिकी दूतावासका प्रवक्ताले आफ्नो देशले गैरकानुनी आप्रवासनमा कुनै जोखिम नलिने स्पष्ट सन्देश दिएको बताए ।

‘भारतका लागि हुन लागेको निर्वासन उडानबारे धेरै सोधपुछ भइरहेको छ । म तिनीहरूको कुनै विवरण दिन सक्दिनँ, तर म अमेरिकाले आफ्नो सीमाको कडा सुरक्षा गरिरहेको छ र अध्यागमन कडा बनाउँदै लगेको बताउन चाहन्छु ।’

ब्लुमबर्गको रिपोर्टका अनुसार १८ हजारभन्दा बढी भारतीय अवैध रूपमा अमेरिकामा बसिरहेका छन् । तर अर्को रिपोर्टअनुसार ७२ हजारभन्दा धेरै भारतीय अवैधरुपमा अमेरिमा छन् ।

त्यस्ता भारतीयहरूमध्ये केहीको भिसा अवधि सकिएको छ । उनीहरूमध्ये केही अवैध रूपमा अमेरिका प्रवेश गरेका हुन्। अमेरिकाले भविष्यमा धेरै भारतीयलाई फिर्ता पठाउने चिन्ता छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ६ : ०० बजे

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर