युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउन सकिन्छ : गृहमन्त्री  « Khabarhub

युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउन सकिन्छ : गृहमन्त्री 


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कास्की– गृहमन्त्री रमेश लेखकले युवालाई खेलकुद र समाजसेवामा जोड्नुपर्ने बताएका छन् । 

पोखरा–१ स्थित बुद्ध टोल युवा क्लबद्वारा पोखराको टुँडिखेलमा आयोजित आठौँं वीरेन स्मृति तथा १८औँ विटी कप सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै उनले युवालाई खेलकुद र समाजसेवामा जोड्न सके उनीहरूलाई कुलतबाट बचाउन सकिने बताएका हुन् । 

मन्त्री लेखकले लागूऔषध सेवनका कारण अपराधका घटना बढ्नुको साथै सामाजिक सञ्जालमा समेत विकृति आउने गरेकाले त्यसतर्फ गृह मन्त्रालयको ध्यान गएको बताए। 

‘खेलकुदले मानिसलाई स्वास्थ्य, उच्च विचार, बुद्धिमान र अनुशासनमा राख्ने हुँदा खेलकुदमा लाग्न सबैलाई मेरो आग्रह छ । राजनीति गर्ने व्यक्तिलाई पनि खेलकुदमा सहभागी हुन प्रेरित गर्न आवश्यक छ । यसले कुलतबाट जोगिन र असल कार्य गर्न ऊर्जा प्राप्त हुन्छ’, उनको भनाइ थियो । 

पर्यटकीय सहर पोखरामा हुने यस्ता खेलकुदका गतिविधिले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुको साथै आर्थिक गतिविधिसमेत बढ्ने भन्दै लेखकले विविधताको धनी देशमा मिलेर बसेका समुदायको आर्थिक अवस्था सुधार गर्नका लागि सरकार लागिपरेको बताए । 

क्लबले १८ वर्षदेखि निरन्तर यस्ता प्रतियोगिता गदै आएको छ । 

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : ४९ बजे

पार्टी एकताका लागि नरम हुन तयार छु : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू

गौरी कुमारीलाई अर्को स्पष्टीकरण सोध्ने तयारीमा थिए प्रधानमन्त्री बालेन

काठमाडौं– उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकेपछि उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार

सरकारलाई विपक्षी दलको सन्देश-‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा

राजीनामा दिएर मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा