युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउन सकिन्छ : गृहमन्त्री  | Khabarhub Khabarhub

युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउन सकिन्छ : गृहमन्त्री 


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

कास्की– गृहमन्त्री रमेश लेखकले युवालाई खेलकुद र समाजसेवामा जोड्नुपर्ने बताएका छन् । 

पोखरा–१ स्थित बुद्ध टोल युवा क्लबद्वारा पोखराको टुँडिखेलमा आयोजित आठौँं वीरेन स्मृति तथा १८औँ विटी कप सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै उनले युवालाई खेलकुद र समाजसेवामा जोड्न सके उनीहरूलाई कुलतबाट बचाउन सकिने बताएका हुन् । 

मन्त्री लेखकले लागूऔषध सेवनका कारण अपराधका घटना बढ्नुको साथै सामाजिक सञ्जालमा समेत विकृति आउने गरेकाले त्यसतर्फ गृह मन्त्रालयको ध्यान गएको बताए। 

‘खेलकुदले मानिसलाई स्वास्थ्य, उच्च विचार, बुद्धिमान र अनुशासनमा राख्ने हुँदा खेलकुदमा लाग्न सबैलाई मेरो आग्रह छ । राजनीति गर्ने व्यक्तिलाई पनि खेलकुदमा सहभागी हुन प्रेरित गर्न आवश्यक छ । यसले कुलतबाट जोगिन र असल कार्य गर्न ऊर्जा प्राप्त हुन्छ’, उनको भनाइ थियो । 

पर्यटकीय सहर पोखरामा हुने यस्ता खेलकुदका गतिविधिले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुको साथै आर्थिक गतिविधिसमेत बढ्ने भन्दै लेखकले विविधताको धनी देशमा मिलेर बसेका समुदायको आर्थिक अवस्था सुधार गर्नका लागि सरकार लागिपरेको बताए । 

क्लबले १८ वर्षदेखि निरन्तर यस्ता प्रतियोगिता गदै आएको छ । 

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : ४९ बजे

युरोपेली सुरक्षामा आँच नपुर्‍याउन चीनलाई इयूको आग्रह

ब्रसेल्स– युरोपेली सङ्घ (यू) का विदेश मामिला प्रमुख काजा कल्लासले

शैल रूपाखेती जर्मनीका लागि राजदूतमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा जर्मनीका लागि आवासीय राजदूत

गायन र क्यारिकेचरमा जमेका प्रोशेष : सरकारी जागिरको दबाब छल्न संगीत रोजेँ

काठमाडौं – प्रोशेष पाण्डे जन्म वि.सं २०६३ असार महिनामा भयो

इजरायलसँगको युद्धपछि चिनियाँ जे–१०सी लडाकु विमान किन्ने इरानको तयारी

काठमाडौं– गत महिना, जब दर्जनौँ इजरायली र अमेरिकी युद्धक विमानहरूले

श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

बाँके–  बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट