काठमाडौंमा इन्टर स्कुल राष्ट्रिय स्केट प्रतियोगिता हुँदै « Khabarhub

काठमाडौंमा इन्टर स्कुल राष्ट्रिय स्केट प्रतियोगिता हुँदै


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौमा ज्ञान संस्कार इन्टर स्कूल राष्ट्रिय स्केट प्रतियोगिता हुने भएको छ ।

आगामी माघ २६ गते हुने प्रतियोगितामा ४ देखि १६ वर्ष उमेरका २ सय बालबालिका सहभागी हुने ज्ञान संस्कार इन्टरनेशनल स्कुलकी प्रधानाध्यापक निलम बानियाँ बडूले बताइन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार प्रतियोगितामा सहभागी हुन सातै प्रदेशका विद्यालयहरूमा खबर गरिएको छ ।

नयाँ खेल भएकोले बालबालिकाले रुचाउने गरेका उनले बताइन् । ‘त्यसैले हामीले दोस्रो वर्ष पनि यो प्रतियोगिता आयोजना गरिरहेका छौँ’, बडूले भनिन्, ‘यो प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ ।’

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अन्तराष्ट्रियस्तर स्केटिङ प्रतियोगितामा सहभागी गराइने योजन आयोजकको छ । त्यहीकारण देशभरका धेरैभन्दा धेरै विद्यालयबाट सहभागिता रहने विश्वास पनि प्रधानाध्यापक बडूले गरिन् ।

स्कुलले राष्ट्रिय खेलकुद परिषद्‍मातहतको राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ संघसँगको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई ट्रफी, मेडल र प्रमाण पत्र उपलब्ध गराइने छ । प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिताको प्रमाण पत्र पनि दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताले विद्यालयस्तरमा हुने स्केटिङमा विशेष उत्साह थप्ने कुरामा आफूहरू विश्वस्त रहेको राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघका महासचिव सत्य थापाले बताए ।

युवामाझ लोकप्रिय बन्दै गरेको नेपाली स्केटिङ खेललाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता प्रतियोगिता गरिरहेको पनि थापाले बताएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  २ : ४८ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी