कांग्रेस भन्छ– ७३ प्रतिशत नेपालीसँग स्मार्ट फोन, हामी उड्ने अवस्थामा छौँ ! « Khabarhub

कांग्रेस भन्छ– ७३ प्रतिशत नेपालीसँग स्मार्ट फोन, हामी उड्ने अवस्थामा छौँ !


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाली कांग्रेसको नीति, अध्ययन तथा प्रशिक्षण प्रतिष्ठानको अध्ययनले स्नातक वा त्यसभन्दा बढी शिक्षा हासिल भएको घरमूलीको घरमा गरिबी नरहेको देखाएको छ ।

प्रतिष्ठानका निर्देशक डा. जगदीशचन्द्र पोखरेलले जिल्ला सभापति र उपसभापतिहरूका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रमको बन्दसत्रमा प्रस्तुत गरेको कार्यपत्रमा उक्त तथ्य उल्लेख छ ।

‘लोकतान्त्रिक समाजवाद : नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास’ विषयक निर्देशक पोखरेलको कार्यपत्रमा शिक्षा र गरिबीको विशेष अन्तरसम्बन्ध देखिने गरेको भन्दै लेखिएको छ, ‘स्नातक वा त्यसभन्दा बढी शिक्षा हासिल भएको घरमूलीको घरमा गरिबी छैन । यो जम्मा ०.४४ प्रतिशत छ ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका प्रतिष्ठानका निर्देशक पोखरेलले कार्यपत्रमा हवाईजहाजको तस्बिरसहित ‘हामी उड्ने अवस्थामा छौँ’ शीर्षकमा नेपालको अर्थतन्त्रको झलक र नेपालीको जीवनस्तरबारे बुँदागत ब्याख्या गरेका छन् ।

नेपालीको जीवनस्तरबारे गरिएको ब्याख्यामा उनले भनेका छन्, ‘सुविधाको पहुँच जति टाढाको दूरीमा रहेको छ, गरिबीको दर कम्तीमा पनि १.५ गुणाले बढेको देखिन्छ ।’

कार्यपत्रमा स्मार्ट फोन बोक्ने नेपालीको संख्या ७३ प्रतिशत र विद्युत पुगेको घर ९४ प्रतिशत रहेको पनि उल्लेख गरेका छन् ।

पोखरेलले कार्यपत्रमा नेपालको अर्थतन्त्रको झलकअन्तर्गत नेपालको गार्हस्थ उत्पादन ५७ खर्ब र नेपालको प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलरबराबर रहेको तथ्य प्रस्तुत गरेका छन् । उनका अनुसार नेपालमा अहिले २०.२७ प्रतिशत गरिबी छ ।

पुरानो मापदण्डअनुसार नेपालको गरिबी ३.५७ प्रतिशत मात्रै रहेको पोखरेलले उल्लेख गरेका छन् ।

कार्यपत्रअनुसार मानव विकास सूचकांक ०.६०१ र गार्हस्थ बचत ७.६ प्रतिशत छ ।

‘देशलाई वि. सं. २०८७ सम्म मध्यम आय भएको, २१०० सम्म उच्च आय भएको मुलुकमा स्तरोन्नति गर्ने प्रतिबद्धता,’ पोखरेलले कार्यपत्रमा भनेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : ०५ बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन