तिमति र अनुषालाई स्वर्ण « Khabarhub

तिमति र अनुषालाई स्वर्ण


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । तिमति गुरुङ र अनुषा श्रेष्ठले प्रथम जेबि सडक दौड प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । महर्षिका तिमति ब्वाइज तथा लक्ष्मीपुरकी महर्षि गल्र्समा पहिलो बने ।

जेबि स्कुलद्वारा आयोजित दौडको ब्वाइजमा ज्ञानचक्छुका भरत राई दोश्रो तथा लक्ष्मीपुरका सुनील श्रेष्ठ तेश्रो भए । गल्र्समा लक्ष्मीपुरकी अन्शिका श्रेष्ठ दोश्रो तथा लक्ष्मीपुरकै आकांक्षा राई तेश्रो स्थानमा रहे । ब्वाइज र गल्र्स दुवैको प्रतिस्पर्धा ४ किलोमिटर दूरीमा भएको थियो ।

विजेतालाई काठमाडौं महानगरीय प्रहरी प्रभागका प्रमुख बसन्त लामा, डिएपी फणिन्द्र प्रसाईं, जेबि स्कुल सञ्चालक समितिका अध्यक्ष रेशम लामा, ओडिसी इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडमा विभिन्न २६ विद्यालयका १ सय ५० प्रतिस्पर्धी सहभागी थिए ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  ४ : ४२ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने