पोखरामा गगनको स्पष्टीकरण- पन्ध्रौँ महाधिवेशनसम्म शेखर दाइ र म एकै ठाउँ छौँ | Khabarhub Khabarhub

पोखरामा गगनको स्पष्टीकरण- पन्ध्रौँ महाधिवेशनसम्म शेखर दाइ र म एकै ठाउँ छौँ


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौधौँ महाधिवेशनमा सभापतिमा पराजित नेता डा. शेखर कोइराला र आफू अहिलेसम्म एकैठाउँ रहेको बताएका छन् ।

कांग्रेसले जनप्रतिधिहरूका लागि पोखरामा चलाएको दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी भएका थापाले बुधबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

उनले शेखर कोइरालाई आफूले सधैँ नेता मानिरहने पनि बताएका छन् । ‘डा. शेखर कोइराला आज पनि नेता हुनुहुन्छ । भोलि पनि नेता रहनुहुन्छ । पार्टीभित्र मैले उहाँको नेतृत्वमा १४ औँ महाधिवेशनमा मैले प्रतिष्पर्धा गरेको हो’, उनले भने, ‘अहिले पनि कांग्रेसभित्र समूहहरू बन्ने कुरा स्वाभाविक भए । महामन्त्रीका रुपमा मेरो सिंगो पार्टीप्रतिको जिम्मेवारी छ । मैले सबैको हुने कोसिस गर्नुपर्छ, किनकी संस्थाको एउटा जिम्मेवारीमा छु ।’

उनले समूहको कुरा आउँदै गर्दा आफू अहिले पनि शेखर कोइरालाकै साथमा रहेको बताए । ‘जहाँ समूहको कुरा आउँछ, त्यो कुरा आउँदै गर्दा १५ औँ महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौँ’, उनले भने, ‘म चाहिँ त्यहीँ छु, म भएको ठाउँमै शेखर कोइराला डाक्टर सा’व पनि हुनुहुन्छ भन्ने ठान्छु । रहने-नरहने भन्ने कुरा आ-आफ्नो व्यक्तिगत छनौटको कुरा भयो ।’

काठमाडौंमा भएको चौधौँ महाधिवेशनमा एकै प्यानलबाट उठ्दा गगन महामन्त्री भए भने शेखर शेरबहादुर देउवासँग पराजित भएका थिए । केही महिनायता गगन सभापति देउवासँग नजिकिएको बताइएको छ ।

पछिल्लो समय गगनले शेखर नेतृत्वको समूहको कुनै पनि कार्यक्रममा सहभागिता जनाएका छैनन् । शेखरको विराटनगर भेलामा पनि नगएका गगनले उल्टै त्यहीँ भएको कांग्रेसको प्रदेश भेलमा कोइरालाको कडा आलोचना गरेका थिए । यस्तोमा दुई नेताबीच दूरी बढेको चर्चा भइरहँदा गगनले पोखरामा स्पष्टीकरण दिँदै आफू शेखरसँगै रहेको जिकिर गरेका हुन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : ४१ बजे

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा– हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले

पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको