रविमाथिको थुनछेक बहस आज पनि जारी रहने « Khabarhub

साहारा सहकारी ठगी

रविमाथिको थुनछेक बहस आज पनि जारी रहने


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहारा चितवन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ ।

हिजो जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयान पछि सुरु भएको थुनछेक बहस नसकिएकाले आज पुनः बहस हुने भएको हो । बुधबार बहस नसकिए पछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासतमा पठाइएको थियो । 

प्रहरीले लामिछानेलाई बिहान १० बजे जिल्ला अदालतमा उपस्थित गराएपछि आजको बहस सुरु हुनेछ । हिजो वादी तर्फका सरकारी वकिलको बहस सकिएको थियो । 

आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ । बहस सकिए आजै आदेश आउने सम्भावना रहेको छ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।

यसअघि लामिछाने कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतबाट क्रमशः ६५ लाख, ६० लाख र १ करोड धरौटी बुझाएर छुटेका थिए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ९ : ०७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले