अध्यादेशको पक्षमा उभिन कांग्रेस सांसदलाई 'ह्वीप' | Khabarhub Khabarhub

अध्यादेशको पक्षमा उभिन कांग्रेस सांसदलाई ‘ह्वीप’


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरूको पक्षमा उभिन सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले संघीय संसद्को दुवै सदनका सदस्यहरूलाई मोबाइल फोनमा ‘म्यासेज’ गरेर अध्यादेशहरूको पक्षमा उभिन ‘ह्वीप’ लगाएका हुन् ।

कांग्रेस प्रमुख सचेतकले सांसदहरुलाई पठाएको म्यासेजमा भनिएको छ, ‘आज २४ गते १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकको अन्तिम समयसम्म उपस्थित रहन यो व्हिप जारी गरिन्छ ।’

सरकारले संघीय संसद्को चौथो अधिवेशन अन्त्य भएपछि दुईपल्ट गरी ल्याएका छ वटा अध्यादेश संघीय संसद्का दुवै सदनको बैठकमा निर्णयार्थ पेस हुँदैछन् ।

कांग्रेसले दुवै सदनका बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसद्हरूलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तालिका छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १२ : ४२ बजे

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

तानसेन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने

‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको