अध्यादेशको पक्षमा उभिन कांग्रेस सांसदलाई ‘ह्वीप’ « Khabarhub

अध्यादेशको पक्षमा उभिन कांग्रेस सांसदलाई ‘ह्वीप’


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरूको पक्षमा उभिन सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले संघीय संसद्को दुवै सदनका सदस्यहरूलाई मोबाइल फोनमा ‘म्यासेज’ गरेर अध्यादेशहरूको पक्षमा उभिन ‘ह्वीप’ लगाएका हुन् ।

कांग्रेस प्रमुख सचेतकले सांसदहरुलाई पठाएको म्यासेजमा भनिएको छ, ‘आज २४ गते १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकको अन्तिम समयसम्म उपस्थित रहन यो व्हिप जारी गरिन्छ ।’

सरकारले संघीय संसद्को चौथो अधिवेशन अन्त्य भएपछि दुईपल्ट गरी ल्याएका छ वटा अध्यादेश संघीय संसद्का दुवै सदनको बैठकमा निर्णयार्थ पेस हुँदैछन् ।

कांग्रेसले दुवै सदनका बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसद्हरूलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तालिका छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १२ : ४२ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था