फेल हुने भएपछि रोकियो सरकार, बिहीबार दुवै सदनमा अध्यादेश नलैजाने | Khabarhub Khabarhub

फेल हुने भएपछि रोकियो सरकार, बिहीबार दुवै सदनमा अध्यादेश नलैजाने


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय अंकगणितको सुनिश्चितता नदेखिएपछि संघीय संसदका दुवै सदनमा अध्यादेशहरू निर्णयार्थ पेस गर्ने कार्यसूचीबाट सरकार पछि हटेको छ ।

राष्ट्रियसभामा संसदीय अंकगणितको सुनिश्चितता नदेखिएपछि सरकार संसदका दुवै सदनमा अध्यादेशहरू निर्णयार्थ पेस गर्ने कार्यसूचीबाट सरकार पछि हटेको हो ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुवै सदनको कार्यसूचीबाट बिहीबार अध्यादेश टेबल गर्ने कार्यसूची बटाउन राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग आग्रह गरिएको जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेशहरू पारित गराउनका लागि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग प्रतिनिधिसभामा स्पष्ट बहुमत छ ।

तर, राष्ट्रिय सभामा बहुमत पुर्‍याउन सत्तापक्षलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको साथ चाहिन्छ । ५९ सदस्यीय राष्ट्रियसभामा अध्यादेश स्वीकार गर्न बहुमत अर्थात् कम्तीमा ३० सांसदको समर्थन आवश्यक पर्छ ।

राष्ट्रिय सभामा अध्यादेशको पक्षमा रहेका कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद छन् ।

यस्तै विपक्षमा नेकपा माओवादी केन्द्रका १७, नेकपा एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् । अध्यादेशबारे निर्णय गरिनसकेको जसपा नेपालका राष्ट्रियसभामा ३ सांसद छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत पुसमा जारी गरेका ६ अध्यादेश पास गराउन माथिल्लो सदनमा जसपा निर्णायक छ । तल्लो सदनमा कांग्रेस-एमालेको बहुमतले सजिलै पास हुन्छ । तर माथिल्लो सदनमा अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव छन् ।

राष्ट्रियसभाबाट उक्त अध्यादेश पास गराउन सरकारसँग बहुमत छैन । यस्तोमा दुवैतर्फबाट समर्थन खोजिएको बताउँदै यादवले बिहीबार दिउँसोसम्म पनि पार्टीमा निर्णय गराएका छैनन् । राजकिशोर यादव नेतृतवको कार्यदलले बल्ल प्रतिवेदन बुझाएको छ।

बिहान ९ बजे बुझाउने भनिएको प्रतिवेदन नै राजकिशोरको कार्यदलले दिउँसो १ बजे बुझाएको छ। जसपाले निर्णयमा ढिलाइ गरेकाले अध्यादेश माथिल्लो सदनमा रोकिएको हो ।

राष्ट्रिय सभामा अहिले यादव नेतृत्वको जसपा नेपालका तीन सांसद छन् । जसपाका तीन सांसद जता उभिए त्यतै बहुमत पुग्न सक्छ । त्यही भएर अहिले जसपा नेपालसँग दुवै गठबन्धनले संवाद तीव्र बनाएका थिए ।

सरकारलाई समर्थन दिए पनि जसपा नेपाल अहिले सरकारमा छैन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश पारितका लागि जसपा नेपालसँग सहयोग मागिरहेका छन् । यादवले अध्यादेश पारित गर्न निर्णायक भएपछि मधेश प्रदेशको मुख्यमन्त्रीमा बार्गेनिङ गरेको बताइएको छ।

माओवादी केन्द्र नेतृत्वको विपक्षी गठबन्धनले अध्यादेश असफल गर्ने प्रयास गरेको छ। प्रचण्डले सम्वाद गरिसकेका छन् । तर यादवले आफ्नो पार्टी फुटाइदिएको भन्दै प्रचण्डसँग रिसाएका छन् । उनी समाजवादी मोर्चा छाडेर हिँडेको लामो समय भएको छ। यस्तोमा उनी अहिले दुवै गठबन्धनसँग संवाद छन् ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १ : ३७ बजे

ओलीसँग वर्षमानको आग्रह- देउवाको गृह जिल्लामा पुल बनाइदिनुस् 

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन

गम्भीर बिरामी ‘नक्कली प्रचण्ड’लाई अस्पतालमा भेटे प्रचण्डले

काठमाडौं– हास्य कलाकार घनश्याम गौतमको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

प्रसूति व्यथा लागेको १८ घण्टापछि हेलिकोप्टरबाट उद्धार

किमाथांका – सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति

यस्तो छ शक्तिशाली सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष

चितवन अदालतले पनि भन्यो- प्राप्त प्रमाणका आधारमा रवि निर्दोष छन् भन्ने अवस्था रहेन

काठमाडौं- सहारा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका