पाथीभरा, आशिका र सामाजिक सञ्जाल विधेयकमा सरकारलाई एकसाथ घेरे प्रचण्डले | Khabarhub Khabarhub

पाथीभरा, आशिका र सामाजिक सञ्जाल विधेयकमा सरकारलाई एकसाथ घेरे प्रचण्डले


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न प्रकरण कोट्याउँदै सरकारलाई घेर्ने कोशिश गरेका छन् ।

उनले बिहीबार प्रतिपक्षी दलको नेताका रुपमा सम्बोधनका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरंकुश भन्दै घेर्ने कोशिश गरेका हुन् । उनले सरकारले निरंकुश सोँचका साथ सामाजिक सञ्जाल विधेयक ल्याइएको आरोप पनि लगाए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले बैठकमा सामाजिक अभियन्ता भनिएकी आशिका तामाङलाई हतकडी लगाएर काठमाडौं र भक्तपुर घुमाइएको प्रसंग पनि निकालेका छन् ।

त्यसैगरी पाथीभरामा केबलकार निर्माणका लागि गोली हानेर स्थानीयलाई दमन गरिएको पनि उनले आरोप लगाएका छन् ।

‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ?’, उनले भने, ‘आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ ।’

उनले यो सरकारले अभिव्यक्ति स्वतन्त्र खोस्न खोजेको पनि बताए । ‘अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ’, उनले आशिका प्रकरणमा भने भने, ‘कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’

पाथीभरा केबलकारको विवादमा जनतालाई गोली हानिएकोमा पनि उनले आपत्ति जनाए । पाथीभरा र मुक्कुम्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँडेको भनेर प्रश्न गरे ।

टिसर्टमा कसैको फोटो देखिँदा नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेलाई थुनेर मुद्दा चलाउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्नु निरंकुश सोँच भएको उनले बताए ।

‘यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईंहरू ? संविधानभन्दा माथि हो ? तपाईंहरू मालिक र नागरिक दास हो ?’, उनले भने ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ४८ बजे

आफूले पढेको विद्यालयलाई खेलमैदान र स्टेज निर्माण

धनकुटा – सेवानिवृत्त बेलायती सेना विश्वासदीप तिगेलाले छथर जोरपाटी गाउँपालिका–१

अध्यादेशबारे देश र जनताको हितमा निर्णय लिन्छौं : जसपा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

संसद्‍मा उभिएर कांग्रेस–एमालेलाई प्रचण्डका ७९ प्रश्न

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

एजेन्सी – बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा