हेटौँडा उपमहानगरद्वारा फोहर संकलन स्थगन | Khabarhub Khabarhub

हेटौँडा उपमहानगरद्वारा फोहर संकलन स्थगन


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनहरी– आजदेखि हेटौंँडा उपमहानगरपालिकाभित्रका १९ वडामा फोहर संकलन अनिश्चित कालका लागि स्थगन गरिएको छ । 

मंगलबार उच्च अदालत पाटन, हेटौँडा इजलासले राप्ती नदी तटमा अर्को आदेश नभएसम्मका लागि फोहर नफाल्न उपमहानगरपालिकाको नाममा निषेधाज्ञा जारी गरेसँगै फोहर संकलन तथा व्यवस्थापन स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरको कार्यालयले आज सूचना जारी गर्दै अर्को आदेश वा व्यवस्था नभएसम्मका लागि फोहर संकलन स्थगन गरिएको उल्लेख गरेको हो ।

उपमहानगरका प्रवक्ता सविन न्यौपानेले अदालतले राप्ती तटमा फोहर नफाल्न आदेश जारी गरेको बताउँदै उपमहानगरसँग वैकल्पिक स्थान नभएकाले तत्काल फोहर उठाउन रोक्नु परेको उल्लेख गरे । 

दुई साता अघि राप्ती तटमा रहेको फोहर संकलन तथा व्यवस्थापन केन्द्रमा आगलागी भएपछि प्रदूषण फैलिएको भन्दै निवेदक योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालतमा मुद्दा दायर गरेका थिए। 

सोको सुनुवाइ गर्दै न्यायाधीश डा निर्मला पौडेल भट्टराईको एकल इजलासले गत मङ्लबार राप्ती तटमा फोहर फाल्न नलगाउनु भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ५२ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध