चित्रबहादुरको प्रश्न- समयमा संसद् नबोलाई अध्यादेशबाट सरकार चलाउने यही हो लोकतन्त्र ? « Khabarhub

चित्रबहादुरको प्रश्न- समयमा संसद् नबोलाई अध्यादेशबाट सरकार चलाउने यही हो लोकतन्त्र ?


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा बोल्दै केसीले संसद् बोलाउन कसले छेकेको थियो ? भन्दै प्रश्न गरे।

‘समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने? यही हो लोकतन्त्र ? यसो गर्नु हुँदैन,’ उनले भने, ‘संसद् नचलाउने यो लोकतन्त्र होइन, अप्रजातान्त्रिक अभ्यास हो।’

सरकारले ६ वटा अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ। ती अध्यादेश के हुने भन्ने अन्योल यथावत् छ। सत्तापक्षसँग राष्ट्रिय सभामा आवश्यक सङ्ख्या नपुगेपछि अध्यादेश असफल हुने त्रासमा सत्तापक्ष छ।

सत्तापक्षले जनता समाजवादी पार्टीको साथ खोजिरहेको छ । तर, उक्त पार्टीले नि:शर्त अध्यादेशलाई समर्थन नगर्ने भएको छ। उसले मधेस प्रदेशको मुख्यमन्त्री माग गरे पनि त्यसमा सत्तापक्षमा सहमति जुटिसकेको छैन।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ५४ बजे

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती तथा स्वास्थ्य सेवाका कर्मचारीहरूका

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने  

काठमाडौं– नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित

एघार जना सहसचिवको सरुवा

काठमाडौं– सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार

मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

महेन्द्रनगर– जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको

नेपालगञ्जमा हत्याको आरोपमा छ जना पक्राउ

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले