गाजाबाट प्यालेस्टाइनीलाइ अन्यत्र सार्ने ट्रम्पको घोषणामा माओवादीको आपत्ति « Khabarhub

गाजाबाट प्यालेस्टाइनीलाइ अन्यत्र सार्ने ट्रम्पको घोषणामा माओवादीको आपत्ति


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाजाबाट प्यालेस्टाइनी जनतालाई अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाप्रति नेकपा माओवादीले असहमति प्रकट गरेको छ ।

नेकपा माओवादीका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ट्रम्पको सो घोषणा अन्तर्राष्ट्रिय मान्यता विपरीत भएको पनि बताएका छन् ।

‘प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई अमेरिकाले कब्जामा लिने र त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई विश्वको अन्य स्थानमा बसोबासको लागि पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा प्रति हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) कडा आपत्ति प्रकट गर्दै घोर भर्त्सना गर्दछ,’ उनले भनेका छन्, ‘यो नाङ्गो साम्राज्यवादी तथा विस्तारवादी नीति संयुक्त राष्ट्र संघको घोषणा पत्र, सबै मुलुकहरूको सार्वभौमिक समानताको नीति, सरासंको मान्यता, मर्म एवं भावना र प्यालेस्टाइन मामिलामा सरासंले पारित गरेका प्रस्तावहरूको विरुद्धमा छ ।’

उनले अगाडी भने, ‘अन्तर्राष्ट्रिय कानुन र मानव सभ्यताको धज्जी उडाउने ट्रम्पको यो कथित प्रस्तावको विश्वका सबै मुलुकहरू र जनताले सम्पूर्ण एकता एवं दृढताका साथ अस्वीकार गर्नु आजको आवश्यकता हो । त्यस क्षेत्रमा कायम रहेको अहिलेको युद्ध विरामलाई निरन्तरता दिई अन्ततः संयुक्त राष्ट्रसंघ द्वारा पारित दुई सार्वभौम राज्यको  नीतिलाई व्यवहारमा लागू गरेर सार्वभौमसत्ता सम्पन्न प्यालेस्टाइनको स्थापनाद्वारा मात्र त्यहाँ विद्यमान समस्या तथा द्वन्द्वको समाधान हुन सक्दछ। ’

सरकारले तत्काल स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीति अनुरूप यस विषयमा आफ्नो दृष्टिकोण ,नीति र धारणा सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ४ : ४१ बजे

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

जनताले विश्वास गरेर सरकारको कोषमा पैसा हाले, छिटो निकासा गरौं : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको

बाढीबाट प्रभावित क्षेत्रमा अवरुद्ध दूरसञ्चार सेवा सञ्चालन

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ

‘कोरला जानुपर्दा सामान ल्याउन ५-६ दिन बढी समय लाग्छ’

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अरु

विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने 

काठमाडौं– विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन