सुरक्षण उपकरण किन्दा घुस – सुनील पौडललाई अर्को भ्रष्टाचार मुद्दा, भारतीय नागरिक दीपक आनन्द पनि तानिए « Khabarhub

सुरक्षण उपकरण किन्दा घुस – सुनील पौडललाई अर्को भ्रष्टाचार मुद्दा, भारतीय नागरिक दीपक आनन्द पनि तानिए


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लागेको छ । सुरक्षा उपकरण किन्दा घुस लिएको निष्कर्षसहित सुनील र दीपक आनन्दविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा आर्थिक वर्ष २०७४/७५ मा सुरक्षण सामग्री खरिदका क्रममा तत्कालीन कार्यकारी निर्देशक पौडेलसहितले भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा छानबिनपछि विशेष अदालतमा मुद्दा लगिएको अख्तियारले जनाएको छ ।

अख्तियारले पौडेल र नेपालका लागि एफ फाइभ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दीपक आनन्दको मिलेमतोमा राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई आवश्यक सुरक्षण उपकरण खरिदका क्रममा आफैंले प्राविधिक मूल्यांक गरी सेटिङमा ठेक्का लगाएको ठहर गरेको छ ।

बोलपत्रदाताका रूपमा दुवैले पूर्वयोजनाअनुसार सुरक्षण उपकरण खरिदको ठेक्कामा सुनील पौडेललाई त्यसबेला ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँ दिइएको खुलेको छ ।

त्यसबेला पौडेलले अमरिकी डलरमा २८ हजार घुस लिएको अख्तियारको अनुसन्धानले देखाएको छ । पौडेलले ठेक्का सदर भएको अस्ट्रल कम्प्पुटर्स नेपालबाट कमिशनका रुपमा ५.७२ प्रतिशतसमेत गरी जम्मा १२ करोड ८२ लाख ४० हजार भुक्तानी दिएको पनि खुलेको छ।

उक्त रकम पाएपछि प्रतिवादी दीपक आनन्दले पौडेललाई तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँ घुस पठाएको अख्तियारले जनाएको छ।

त्यहीकारण दुवैजनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसूर गरेकाले भ्रष्टाचार मुद्दा चलाइएको हो । पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा तीन करोड आठ लाख ५० हजार ४०० कायम गर्दै मुद्दा चलाइएको छ ।

पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका कसुस गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय पनि माग गरिएको छ ।

उता भारतीय नागरिक आनन्दलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा बिगो ३ करोड ८ लाख ५० हजार ४०० कायम गरी मुद्दा चलाइएको अख्तियारले उल्लेख गरेको छ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ५ : ३० बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले