१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन « Khabarhub

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका छन् ।

सिद्धार्थ ग्रुपको २७औँ वार्षिकोत्सव सप्ताहको सन्दर्भमा बुधबार मन्त्री कार्कीले नवर्निमित कटेजको शुभारम्भ गर्दै सिद्धार्थ हस्पिटालिटी लुम्बिनी प्रदेशकै गौरव भएको बताए ।

कटेजमा हाल रेस्टुरेन्ट र इभेन्ट सेवा प्रदान गर्न सुरु गरिएको छ । बगैँचासहित रेष्टुरेन्ट, भव्य मल्टिभेन्यु, स्वीमिङ पुल, वाटरपार्क र चिल्ड्रेन पार्कको समेत सुविधासहितको योगीकुटीको सिद्धार्थ कटेज बुटवलको सबैभन्दा सुविधा सम्पन्न हुने सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले दाबी गरे ।

योसँगै बुटवलमा सिद्धार्थ हस्पिटालिटीअन्तर्गत दुई वटा कटेज भएका छन् । “यसअघि बुटवलको चौराहमा सिद्धार्थ कटेज सञ्चालनमा आइसकेको छ, त्यसको सफलताले हामीलाई नयाँ आउटलेट सञ्चालनमा ल्याउन प्रोत्साहन मिलेको छ”, न्यौपानेले भने ।

करिब ३५ कठ्ठा क्षेत्रफल निर्माणाधीन सिद्धार्थ कटेजमा थिएटर सेटअपमा एकै पटकमा करिब दुई हजारलाई सेवा दिन मिल्ने क्षमताको मल्टिभेन्युको सुविधा उपलब्ध हुनेछ । बुटवलमा सबैखाले कार्यक्रम गर्नका लागि भव्य सभाहलसहितको सेवा उपलब्ध गराउने उद्देश्यसहित कटेज निर्माण गर्न लागिएको उनले बताए ।

कूल १२ करोड लगानी हुने कटेज पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कम्तिमा १०० जनाभन्दा बढीले रोजगारी पाउने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

हाल सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगञ्जको धम्बोझी, काठमाडौँको तीनकुने, बानेश्वर र धोबिघाट एवम् बुटवलकै चौराहमा सिद्धार्थ कटेज सञ्चालनमा छन् भने धनगढीमा सिद्धार्थ कटेज निर्माणाधीन छ ।

सिद्धार्थ बिजनेस ग्रुपको सिद्धार्थ हस्टिपालिटीअन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डका होटलका साथै सिद्धार्थ कटेज, एस् क्याफेलगायतका ब्राण्ड सञ्चालनमा छन् ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ९ : २६ बजे

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट

सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध

हुम्ला – हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा