नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश « Khabarhub

नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’ कमिटीको बैठकमा नेपाली एकल महिलाको न्यायसम्बन्धी विषयले प्रवेश पाएको छ ।

स्विटजरल्यान्डको जेनेभामा सम्पन्न ‘सिड’ कमिटीको ९०औँ बैठकमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं मानवअधिकारका लागि महिला, एकल महिला समूहकी संस्थापक अध्यक्ष डा लिली थापाले सो विषय प्रवेश गराएका हुन् ।

उनले सीमान्तकृत समुदायका महिलाको न्यायमा पहुँच पुर्‍याउन चुनौती रहेको उल्लेख गर्दै सो महासन्धिमा भएका प्रावधानलाई कार्यान्वयन गरी थप प्रगति हासिल गर्न नेपाल सरकारसँगसमेत आग्रह गरे।

आयोगकी सदस्य डा थापाले नेपालमा महिला अधिकारको प्रवर्द्धनमा भएको प्रगतिलाई सकारात्मक मूल्याङ्कन गर्दै कानुनी संरचनामा अझै सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।

आमाको नामबाट नागरिकता प्राप्त गर्न अझै जटिलता रहेको जनाउँदै  विधवा महिलाको सामाजिक न्यायको संवैधानिक हक प्राप्तिमा चुनौती रहेको र एकल महिला सुरक्षाकोष स्थानीयकरण तथा कार्यान्वयन हुन नसकेकाले अधिकांश एकल महिला सुरक्षाकोषबाट सहयोग लिन वञ्चित भएको विषयवस्तु उजागर गरी विश्व समुदायको ध्यानाकर्षण गरेको उनले जानकारी दिए।

यसैगरी, एकल महिला सुरक्षाकोषको यथाशीघ्र कार्यान्वयनका लागि राज्य गम्भीर हुनुपर्ने विषय बैठकसहित मुलुकका विभिन्न जातजाति, क्षेत्र, वर्ग, लिङ्गलगायतका क्षेत्रमा हुने गरेका सबै प्रकारका विभेद अन्त्यका लागि व्यवस्था गरिएका संवैधानिक प्रतिबद्धतालाई व्यवहारमा लागू गर्नुपर्ने मुद्दा उठाइको उनले बताए।

एकल महिला समूहले करिब तीन दशकदेखि नेपालमा एकल महिलाको हक अधिकार, न्याय, सहभागिता अभिवृद्धि, लैङ्गिक समानता, मानवअधिकार, शान्ति तथा न्याय र मानवीय सहयोगको क्षेत्रमा काम गर्दै आएको मानव अधिकारका लागि महिला, एकल महिला समूहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ४ : ४४ बजे

गरगहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं– काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालका रिन्जी लामाको घरबाट एक करोड

डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता भोजप्रसाद भट्टराईको

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी–४ मा स्वास्थ्य, शिक्षा र विकासमा मतदाताको चासो

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरीको निर्वाचन क्षेत्र–४ मा चुनावी

नेपालमा भाइरलमोहले उब्जाएको प्रश्न- सोचेर बोल्ने कि बोलेर पछुताउने ?

नेपालले सूक्ष्म रुपले एउटा ऐतिहासिक उपलब्धि हासिल गरिसकेको छ ।

प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई