शिक्षा र विकास राष्ट्र निर्माणका मूल खम्बा : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

शिक्षा र विकास राष्ट्र निर्माणका मूल खम्बा : पूर्वराष्ट्रपति भण्डारी


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा र विकास राष्ट्र निर्माणका मूल खम्बा हुनुपर्ने बताएकी छन् । अरूणोदय माध्यमिक विद्यालयको ६०औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘अरूणोदय स्मारिक लोर्कापण’ कार्यक्रममा अबको शिक्षा राष्ट्रलाई आर्थिकरूपमा समृद्ध बनाई विकास गर्ने खालको हुनुपर्ने बताइन्।

‘शिक्षालाई देशको विकास र राष्ट्रिय आवश्यकतासँग जोड्न जरुरी छ, शिक्षालाई मुलुक विकासको खम्बा बनाउनुपर्छ,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘सरकार स्थिर छ, यो बेलामा शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्न जरुरी छ, जसले रोजगारीको खोजीमा भौतारिएका युवालाई रोजगार दिन सकोस् ।’

नेपाली शिक्षाको देशको माटो, स्रोतसाधनको अधिकतम प्रयोग गर्ने खालको हुनुपर्ने र शिक्षामा अधिकतम सूचना प्रविधिको प्रयोग गरी उत्पादनमा जोड्नुपर्ने उनको भनाइ थियो । अहिले नयाँ पुस्तालाई देशमा राख्नै कठिन भएको र विगतमा खचाखच हुने विद्यालय आजभोलि सुनसान हुने परिस्थिति देखा परेको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘समय परिवर्तन भएको छ, आन्तरिक बसाइँसराइ पनि बढ्दो छ, सूचना प्रविधिको अधिक विकास भएको छ, यो सबै हेरेर शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ ।’ 

कार्यक्रममा अरूणोदय माध्यमिक विद्यालयमा पढी राष्ट्रको विभिन्न ओहोदामा रहेर काम गर्ने व्यक्तित्वहरू नेपाल सरकारका सचिव लोकराज पराजुली, फ्रान्सका लागि पूर्व नेपाली राजदूत दीपक अधिकारी, पूर्व अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल, उपसचिव योगेश पराजुलीलगायतलाई अरूणोदय गौरव सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले अरूणोदय स्मारिक लोर्कापण–२०८१ को लोकार्पण गरेकी थिइन् । उक्त स्मारिकामा विद्यालयको स्थापना कालदेखि हालसम्मको इतिहास समेटिएको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद पराजुलीले जानकारी दिए।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ४२ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो