रुपन्देही अजिङ्गरको उचित बासस्थान, अहिलेसम्म ६७ वटाको उद्धार | Khabarhub Khabarhub

रुपन्देही अजिङ्गरको उचित बासस्थान, अहिलेसम्म ६७ वटाको उद्धार


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान भएको स्थानका रुपमा पाइएको छ । जिल्लाका विभिन्न स्थानमा भेटिएका अजिङ्गरको तथ्याङ्क हेर्दा बासस्थानका लागि उपयुक्त भएको पाइएको हो ।

डिभिजन वन कार्यालय रुपन्देहीका अनुसार यो आर्थिक वर्षमा मात्रै नौ वटा अजिङ्गर उद्धार गरी पुनःस्थापना गरिएको छ । जिल्लाको मायादेवी, ओमसतिया गाउँपालिका, सिद्धार्थ नगरपालिका लगायतका विभिन्न स्थानमा अजिङ्गर फेला परेको कार्यालयका सूचना अधिकारी गिरीराज पन्तले जानकारी दिए । सबैभन्दा बढी सिद्धार्थ नगरपालिकामा रहेका विभिन्न कारखाना नजीकबाट अजिङ्गरको उद्धार गरी पुनःस्थापना गरेको उनले बताए ।

“कार्यालयका तालिम प्राप्त कर्मचारीले अजिङ्गरको उद्धार गर्छन्, उद्धार गरिएका अजिङ्गरलाई मानिसको आवतजावत कम हुने स्थानमा पुनःस्थापना गर्छौं”, उनले भने । रुपन्देहीमा गत वर्ष पाँच वटा अजिङ्गरको उद्धार गरिएको थियो । वन कार्यालयले अहिलेसम्म ६७ वटा अजिङ्गरको उद्धार गरी पुनःस्थापना गरेको छ । यो वर्ष रुपन्देहीमा सबैभन्दा धेरै अजिङ्गर र नीलगाई उद्धार गरिएको कार्यालयका सूचना अधिकारी पन्तले बताए । यो वर्ष अजिङ्गरसँगै दुई नीलगाई, एक–एक चितुवा, मृग, बँदेल, सारस, सुनगोहोरोको उद्धार गरिएको छ ।

“अजिङ्गर ठूलो सर्प हो, यो प्रायः घना जङ्गलमा बस्छ, तर कहिलेकाहीँ लत्रिएर बस्तीमा पस्छ, यस्तो अवस्थामा उद्धार गरेर उचित बासस्थानमा पुर्‍याउँछौँ”, डिभिजन वन रुपन्देहीका अधिकृत इन्द्र पछाईले भने ।

अधिकृत पछाईका अनुसार अजिङ्गर प्रायः रूखको ठूलाठूला मुडाहरु, सुकेको पातहरु, नदी र ठूला पोखरीहरुका आसपासका घाँसेमैदानमा पनि बस्ने प्राणी हो । यसको टाउको फराकिलो र आँखाहरु साना हुन्छन् । आँखाको नानी पहेँलो हुन्छ । शरीर सेतो र छिरबिरे रङ्गको हुन्छ । लम्बाइ करिब सात मिटर हुन्छ । संसारमा पाइने विभिन्न सर्पमध्ये यो सबैभन्दा ठूलो सर्प भए पनि विषालु नहुने अधिकृत पछाईले बताए ।

“अजिङ्गर विषालु हुँदैन तर सचेतनाको अभावले यसलाई देख्नेबित्तिकै सर्वसाधारण डराउँछन्, यसले नजिस्काउँदासम्म मानिसलाई टोक्दैन”, अधिकृत पछाईले भने । विभिन्न स्थानमा फेला परेका अजिङ्गरलाई केही समय डिभिजन वन कार्यालयको बासस्थानमा राखेर जङ्गलमा छाड्ने गरेको कार्यालयले जनाएको छ ।

नेपालमा रक पाइथान र बरमिज गरी दुई प्रकारका प्रजाति पाइए पनि रुपन्देहीमा रक पाइथान पाइएको छ । यसको लम्बाइ तीनदेखि सात मिटरसम्म हुने गर्दछ । रक पाइथान संरक्षित सूचीमा रहेको लोपोन्मुख सरीसृप प्राणी हो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : २४ बजे

प्रतिनिधिसभामा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन

गण्डकी प्रदेशको आम्दानी लुम्बिनीलाई, २३ लाखभन्दा बढी राजस्व घाटा

पोखरा– गण्डकी प्रदेश सरकारको आम्दानी लुम्बिनी प्रदेश सरकारले पाउँदै आएको

कुलेखानी-कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द

काठमाडौं– प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज

रुस-युक्रेन युद्धः ट्रम्प र पुटिनले मात्र शान्ति वार्तालाई ‘ब्रेकथ्रु’ गर्ने निष्कर्ष

टर्की – अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेन शान्ति वार्तामा मुख्य

आजदेखि ‘सगरमाथा संवाद’: १७५ विदेशी पाहुना काठमाडौंमा

काठमाडौं – जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई