प्रचण्डको दाबी - ‘मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भयो’ | Khabarhub Khabarhub

प्रचण्डको दाबी – ‘मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भयो’


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताएका छन्‌ ।

उक्त पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण एवं पार्टीको पालिकास्तरको नयाँ निर्वाचित समितिलाई बधाई’ कार्यक्रममा उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिकोे थालनी गरेसँगै समाजवादी क्रान्तिका सुरुवात भएको बताएका हुन्‌ ।

दाहालले भने, ‘आर्थिक सङ्कट समाधान र समृद्धिका पक्षमा सरल काम गरेर नयाँ र महत्वपूर्ण सन्देश दिन सफल भएको छु ।’

उनले आफू १८ महिना प्रधानमन्त्री हुँदा गरेको कामले विस्तारै जनतामा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । अब ०८४ मा बहुमत ल्याएर समाजवादतिर देशलाई डोहोर्‍याउने लक्ष्य रहेको उनले बताए ।

पार्टीले प्रतिस्पर्धाकै बाटोबाट समाजवादी क्रान्तिको थालनी गरिरहेको उनले उल्लेख गरे । जनताबाट ऊर्जा प्राप्त भएको बताउँदै उनले अब हुलाकी मार्ग र पूर्वपश्चिम मार्ग, मध्यपहाडी लोकमार्ग र हिमाली अभियान आगामी फागुन १२ गतेबाट सुरु गरिने जानकारी दिए ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्ग सङ्घर्षमा भन्दा अन्तरसङ्घर्षमा रम्न थालेर बिग्रेको बताउँदै अब विचार र राजनीतिलाई जोड दिन आग्रह गरे । रासस

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ९ : १४ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’