शान्तिश्रीको ‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत « Khabarhub

शान्तिश्रीको ‘अरेली काँडैले’ बन्यो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अरेली काँडैले’ गीत युट्युबमा १० करोड भ्युज पाउने पहिलो लोक दोहोरी गीत बनेको छ । गायिका शान्तिश्री परियारको एकल स्वर रहेको यो गीत शुक्रबार १० करोड क्लबमा प्रवेश गरेको हो ।

शान्तिश्रीले यो गीत वि.सं. २०८० को तीजमा सार्वजनिक गरेकी थिइन्‌ । डेढ वर्षको अवधिमा यो गीतले १० करोड भ्युज पाएको हो ।

यससँगै गायिका परियार सबैभन्दा बढी भ्युज पाउने लोक दोहोरी गायिका बनेकी छन् । यसभन्दा अघि कुनै पनि लोक दोहोरी गीत १० करोड क्लबमा प्रवेश गरेका थिएनन् । यो लोक दोहोरी गीतको नयाँ कीर्तिमान हो ।

यस गीतको भिडियोमा गायक प्रकाश सुपुत र मोडल अञ्जली अधिकारी फिचर्ड छन् । नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको सङ्गीत रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ९ : ५२ बजे

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी