पोखरा भ्रमण वर्ष घोषणा फागुन पहिलो साता « Khabarhub

पोखरा भ्रमण वर्ष घोषणा फागुन पहिलो साता


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फाल्गुन पहिलो साता हुने भएको छ ।

पर्यटन राजधानी पोखरामा करिब २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसाथ आरम्भ गर्न लागिएको पोखरा भ्रमण वर्षको औपचारिक घोषणा समारोह फाल्गुन ३ गते शनिवार पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा गर्न लागिएको हो ।

घोषणा समारोह तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा एक हजार ५० सदस्यीय मूलआयोजक समिति, एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समिति सहित ४३ उपसमिति गठन गरिएका छन् ।

यी समिति तथा उपसमितिहरूमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय टोल विकास संस्थाहरू, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू लगायतको प्रतिनिधित्व छ ।

भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतहरू समेत घोषणा गर्ने तयारी गरिएको छ । वर्ष भरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गरिने छन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाहरूबाट स्थानीय भेषभुषा सहित वृहद झाँकी र्‍याली निकालिनेछ ।

पोखरा भ्रमण वर्षको औपचारिक घोषणा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन्‌ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १० : ३२ बजे

ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला

काठमाडौं– ललितपुर महानगरपालिकाको आयोजनामा पाँचौँ महिला उद्यमी सम्मेलन तथा उत्पादन

सर्वोच्चको फैसलाबाट पक्राउ पर्ने छैनन् प्रचण्ड र बाबुराम

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले सशस्त्र द्वन्द्वकालमा माओवादीबाट बालसैनिकको रूपमा

गोर्खाली सैनिकबारे परराष्ट्रमन्त्री खनालसँग वार्ता गर्ने बेलायती रक्षामन्त्रीद्वारा राजीनामा

काठमाडौं– बेलायती रक्षामन्त्री जोन हेलीले राजीनामा दिएका छन् । प्रधानमन्त्री

सरकारी अस्पतालमा बिरामीका भार

चितवन– यहाँस्थित दुई सरकारी अस्पताल– भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल

‘वालेन्द्रसँग भारत सन्तुष्ट छैन, रविलाई सरकारको नेतृत्वमा ल्याउन चाहन्छ’

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता टिकाउनका लागि