आज भीमा एकादशी व्रत, भगवान विष्णुको पूजाआराधना गरिँदै « Khabarhub

आज भीमा एकादशी व्रत, भगवान विष्णुको पूजाआराधना गरिँदै


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ ।

हिन्दु धर्मशास्त्रअनुसार भीमा अथवा जयासमेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामर्थ्य  र शक्ति वृद्धि, आयुवृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास गरिन्छ ।

    स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी ।
    कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी ।।
    न गङ्गा न गया राजन् न च काशी च पुष्करम् ।
    न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात् ।।

अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो । हे राजन् गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरि दिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन ।

यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ । अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ । यस्ता पवित्रतम स्थानमध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ ।

एकादशीका विषयमा कूर्मपुराणमा भनिएको छ– 
    व्रतोपवासैर्नियमैः होमैः, ब्राह्मणतर्पणैः
    तेषां वै रूद्रसायुज्यं, जायते तत्प्रसादतः ।
    अर्थात् व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ ।

श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको देशना छ–
    यज्ञदानतपः कर्म न त्याज्यं कार्यमेव तत् ।

अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न । शास्त्रमा तप अन्तर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ ।

एकादशी व्रतको प्रारम्भ कसरी भयो ? भगवती एकादशी को हुन्, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान् श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्ति दिलाउन, हजारौँ यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिएका थिए ।

एकादशीको लागि दशमीको दिन हात, गोडाको नङ सफा गरेर स्नान गरी हविष्य भोजन खाएर एकादशीको दिन ब्रह्म मुहूर्तमा उठेर ‘जया नाम्नीती विख्याता सर्व पापहरा परा भनेर जसले प्रार्थना गर्छ उसका श्राप हटेर जाने विश्वास गरिन्छ ।

त्यसैले आफ्नो नित्य कर्म सकी स्नान गरेर प्राणायाम, पवित्र कुशको औँठी धारण, तिलक धारण, जप सकेर लक्ष्मीनारायण, माधवनारायण भगवानको सेवा, पूजा गरी दिनभर कथा श्रवण, सत्सङ् गर्दै उपवास बसेर बेलुका सन्ध्या जप सकेर भगवानको विग्रहमा रातभर दिपमालिका, भजन, कीर्तन जाग्राम बसी त्यसको भोलिपल्ट गोदान, पूर्णपात्र सकी ब्राह्मणको दम्पतिलाई इच्छा भोजन गराउनु पर्दछ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : ४६ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन