बुढासुब्वा गोल्डकप : एनआरटी र चर्च ब्वाइजबीच आज उपाधि भिडन्त « Khabarhub

बुढासुब्वा गोल्डकप : एनआरटी र चर्च ब्वाइजबीच आज उपाधि भिडन्त


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २५औँ संस्करणको बुढासुब्वा गोल्डकप फुटबलमा आज साविक विजेता न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच आज उपाधि भिडन्त हुँदैछ ।

धरान उपमहानगरपालिका- १६ स्थित रङ्गशालामा हुने फाइनल भिडन्तमा एनआरटी दोस्रो पटक उपाधि चुम्ने लक्ष्यमा रहँदा चर्च ब्वाइज पहिलो उपाधिको खोजीमा रहने छ ।

एनआरटी सेमिफाइनलमा यूकेएफसी भारतलाई हराउँदै फाइनलमा पुगेको हो भने चर्च ब्वाइजले सेमिफाइनलमा भुटानको आरटीसीलाई हराएको थियो ।

१० टोली सहभागि प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउने छन् । 

यस्तै, उत्कृष्ट खेलाडीले नगद एक लाख र प्रत्येक खेलको प्लेयर अप द म्याचले १५ हजार सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने छन् ।

प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युके एफसी भारत, मच्छिन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, र धरान फुटबल क्लब सहभागि छन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ११ : ३४ बजे

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका