उपप्रधानमन्त्री सिंहबाट आगलागी भएको खानेपानी मन्त्रालयको निरीक्षण | Khabarhub Khabarhub

उपप्रधानमन्त्री सिंहबाट आगलागी भएको खानेपानी मन्त्रालयको निरीक्षण


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगलागी भएको खानेपानी मन्त्रालयको निरीक्षण गरेका छन् । मन्त्रालयमा आगजनी भएको खबर पाएपछि उनी सिंहदरबार पुगेका हुन् ।

उपप्रधानमन्त्री सिंहले आगजनी भएको खानेपानी मन्त्रालयको निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ ।

सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान आगलागी भएको हो ।

खानेपानी मन्त्री प्रदीप यादवको सचिवालयले विद्युत सर्ट हुँदा आगलागी भएको आशङ्का गरेको छ ।

‘विद्युत सर्ट भएर आगो लागेको भन्ने छ,’ उनका प्रेस संयोजक विमल बिष्टले भने । उनले आगलागीबाट कार्पेट र कम्प्युटर जलेपनि मन्त्रालयका अत्यावश्यक कागजातमा केही क्षति नभएको जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १२ : ३७ बजे

नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे ? 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आव ०८२/८३ को नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम : फेरी पनि घोषणा भयो नेप्सेको पुनर्संरचना गरिने 

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

नीति तथा कार्यक्रममार्फत सरकारले भन्यो- सहकारी नीतिको पुनरावलोकन गर्ने

काठमाडौं– पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्ने हिसाबले

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न एकीकृत समाजवादीको माग

सुर्खेत– नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले बाँके र बर्दियालाई

नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल

काठमाडौं– प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा