दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया पनि पराजित « Khabarhub

दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया पनि पराजित


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दिल्ली विधानसभा निर्वाचनमा पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि पराजित भएका छन् । आम आदमी पार्टीका नेता सिसोदिया दिल्लीको जंगपुरा विधानसभा सीटबाट पराजित भएका हुन् ।  

सिसोदियालाई भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार तरबिन्दर सिंहले हराएका हुन् । सिसोदियाले यसपल्ट निर्वाचन क्षेत्र परिवर्तन गरेर जंगपुराबाट चुनाव लडेका थिए । उक्त सीटमा कांग्रेस (आई)का उम्मेदवार फरहाद सुरी तेस्रो भएका छन् । 

सिसोदियाले आफू छ सय मतले पराजित भएको प्रतिक्रिया दिएका छन् । उनले बीबीसी हिन्दीको अनलाइन संस्करणसँग भनेका छन्, ‘जंगपुरा सीटमा हामीले मिहिनेतका साथ चुनाव लड्यौँ । झण्डै छ सय मतले हारे । जसले जिते उनलाई बधाई ।’

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : ४२ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन